बाढिपिडितको रकम अनेरास्वबियु नेताको खल्तीमा भन्ने समाचार गलत भएको भन्दै स्पष्टिकरण (प्रेसविज्ञप्तीसहित)

0
2457

रिता ढकाल , सदस्य (अनेरास्वबियु केन्द्रिय कमिटी) को स्पष्टिकरण (प्रेसविज्ञप्तीसहित)

मिति २०७४÷०५ ÷१६ गते शुक्रबारका दिन अनलाइन पोर्टल www.hamrakura.com मा“अनेरास्वबियुका नेताबाढीपिडितको रकम घोटाला गरि सम्पर्क बिहिन” तथा  www.ujyaaloonline.com मा“बाढिपिडितको नाममा उठाएको रकम अनेरास्वबियु केन्द्रिय सदस्यको खल्तीमा” भन्ने शिर्षकमा मेरो नाम जोडेर प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
गौरवशाली इतिहास भरोसा योग्य बर्तमान र सुन्दर भबिष्य बोकेको नेपाली बिद्यार्थी आन्दोलनको  नेतृत्वदायी संगठन अनेरास्वबियु मार्फत सामाजिक राजनितिक अभियानमा होमिएको मेरा लागि उपरोक्त समाचार षडयन्त्रको पराकाष्ठ नेपाली राजनितिभित्रको अस्वस्थ प्रतिस्पर्धा (आन्तरिक ,बाह्य) को पराकाष्ठको रुपमा लिएको छु । बिद्यार्र्थी आन्दोलनको नेतृत्व गरिरहंदा मैले हाम्रो संगठन अनेरास्वबियुप्रति रहेको आमबिद्यार्थी साथीहरुको भरोसा र अभिभावकहरुको बिश्वासलाई टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।
समाचारमा जनाइए अनुसार मेरो नेतृत्वमा स्याङ्जा सदरमुकाममा राहत संकलन गरेको संकलनको क्रममा झण्डै रु एकाउन्नहजार संकलन भएको र अनेरास्वबियु केन्द्रिय कमिटीमा जम्मा रु एघार हजार मात्र बुझाइबाँकी रकम हिनामिना गरेको भन्ने आशयका साथ प्रकाशित समाचार अत्यन्तै कपोेकल्पीत , भाम्रक र मेरो व्यक्तिगत चरित्र हत्या गर्ने उद्धेश्यले प्रेरित भएर गरिएको पडयन्त्रको रुपमा लिएकी छु ।
समाचारमा लेखिएको जस्तो नभइ राहत संकलनको क्रममा स्याङ्जा स्थित त्रिभुवन माविमा अध्ययनरत प्लस टु का बिद्यार्थिहरु र स्याङ्जा स्थित नागडांडा बाडखोला क्षेत्रमा रु दशहजार एक सय दुइमात्रै संकलन भएको र उक्त रकम मेरो उपस्थितिमा अनेरास्वबियु केन्द्रिय अध्यक्ष नबिना लामालाई हस्तान्तरण गरिएको सामाजिक संजाल मार्फत समेत जानकारी गराइसकेको छु । राहत संकलनको क्रममा हाम्रो टिमलाई रोशनी आवासिय बिद्यालयको तर्फबाट अनेरास्वबियु मार्फत प्रभावित क्षेत्रमा शैक्षिक सामाग्री बितरण गर्नका लागि रु पाँचहजार एक सय बयासी र सोहि प्रयोजनका लागि रांगखोला क्षेत्रमा रोशन केसि , सुवास गुरुङ, अभिषेक गुरुङ, दिनेश गुरुङ, सितलजंग केसि , सुन्दर श्रेष्ठ , बोधराज तिमिल्सिना समेतको सहयोगमा रु दशहजार पाँच सय एकासी संकलन भएको व्यहोरा जानकारी गराउँदछु । शैक्षिक सामाग्री बितरणका लागि संकलित रकमबाट बाढि प्रभावित बिद्यालयमा शैक्षिक सामाग्री बितरण गर्ने संयोजन भैरहेको र म नियमित अनेरास्वबियुका साथिहरुसंग सम्पर्कमा रहिरहेको समेत जानकारी गराउँदछु ।
माथि उल्लेखित सन्दर्भ बाहेक अरु कुनै सन्र्दभमा मेरो उपस्थितिमा र अनेरास्वबियु त्रिभुवन आर्दश क्याम्पसका जिम्मेवार कमरेडहरुको नेतृत्वमा कुनै पनि संघ संस्था व्यक्तिहरु संग आर्थिक संकलन नगरिएको जानकारी गराउँदछु । समाचारमा जनाइएको जस्तो उपयुक्त सन्र्दभ बाहेक उल्लेखित रकमभन्दा बढि राहत संकलन भएको पुष्टि गर्नका लागि सम्बन्धित व्यक्ति तथा सञ्चारमाध्यमलाई चुनौती दिन चाहान्छु र व्यक्तिगत चरित्र हत्या गर्ने उद्धेश्यले लेखिएको कपोलकल्पित समाचारबारे आवश्यक छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन स्थानिय प्रशासनसंग जोडदार माग गर्दछु ।
यस्ता भ्रामक समाचारको नकारात्मक प्रभावमा नर्पनुहुन अनेरास्वबियुका सम्पूर्ण नेता कार्यकर्ता , समर्थक शुभचिन्तक तथा आमबिद्यार्थी साथिहरु संगै बिद्यार्थी आन्दोलनसंग सरोकार राख्ने  सम्पूर्णमा अनुरोध गर्दछु । यस घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई आवश्यक कारबाही प्रकृयामा ल्याउनका लागी नेकपा एमाले जिल्ला कमिटी स्याङ्जा र अनेरास्वबियु केन्द्रिय कमिटिलाई बिशेष अनुरोध गर्दछु ।

रिता ढकाल
सदस्य
अनेरास्वबियु केन्द्रिय कमिटी