स्याङ्जामा मेयर उम्मेदवारको घरमा सकेट बम फेला

0
2008

वैशाख २९, २०७४- स्याङ्जाको गल्याङ नगरपालिका- ११ स्थित मुड्किल्लामा नेपाली कांग्रेसको मेयर उम्मेदवारको घरमा सकेट बम फेला परेको छ ।

गल्याङ नगरपालिकाको कांग्रेसका उम्मेदवार लालगोपाल अर्यालको घरको पिढीमा उक्त बम फेला परेको हो ।

गएराति करिव १ बजे तिर राखिएको बम पानी परेर भिजेपछि विस्फोट नभएको सुरक्षा अधिकारीले बताएका छन् । बिहान बम केही जलेको अवस्थामा फेला परेको थियो ।

घरमा अर्यालसहित उनको परिवार थिए ।

सकेट बम रहेको खबरपछि नेपाली सेनाको क्याप्टेन जीवन विष्टको नेतृत्वमा डिस्पोजको लागि गएको थियो । टोलीले घरबाट करिव ३ सय मिटर पर खाल्डो खनेर बम पड्काएको थियो । विष्टका अनुसार उक्त सकेट बम निकै शक्तिशाली रहेको थियो । उनले भने, ‘अर्यालको घरमा पड्किएको भए यसले ठूलो नोक्सानी गर्ने थियो ।’