स्याङजा — सरकारले मंगलबार सार्वजानिक गरेको बजेटमा स्याङजालाई २ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
५ नगर र ६ गाउँपालिका रहेको स्याङजामा गत वर्षको तुलनामा यस वर्ष बजेट घटेको हो ।
सार्वजानिक गरिएको बजेट अन्तर्गत गल्याङ नगरपालिकामा ३३ करोड ७२ लाख रुपैयाँ रहेको छ भने चापाकोटलाई ३० करोड ५३ लाख, पुतलीबजारलाई ४३ करोड ८८ लाख, भीरकोटमा २४ करोड ६ लाख र वालिङमा ४३ करोड ५७ लाख रपैयाँ रहेको छ ।
यस्तैगरी अर्जुनचौपारी गाउँपालिकाको लागि १८ करोड ७९ लाख, आँधीखोलामा २५ करोड २० लाख, कालीगण्डकीमा २२ करोड ९१ लाख, फेदीखोलामा १७ करोड ७ लाख, विरुवामा २० करोड ४४ लाख र हरिनासको लागि १७ करोड ५२ लाख रुपैयाँ विनियोजन भएको छ । वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान गरी दुई वटा शिर्षकमा मात्र बजेट आएको छ ।
यही बजेटभित्र स्थानीय तहले आफैँ शीर्षक बनाएर बजेट छु्ट्याउने छन् । छुट्टाइएको बजेट नगर/गाउँसभा मार्फत पेश गरिनेछ । स्याङजामा यस वर्षको बजेटले विकास निर्माणका एउटा पनि गौरवका योजनाहरु समेटिएनन् ।-Kantipur