भीरकोट नगरपालिकाले आँधीखोलामा फोहोर फ्याँक्दा जलचर मरे

0
3492

स्याङजा — ५० करोडको लगानीमा भीरकोट नगरपालिकामा सञ्चालन गरिएको कालिका एग्रो फर्मको लापारवाहीका कारण आँधीखोलामा रहेका जलचर मरेका छन् । फर्मको लापरवाहीका कारण खोलाको जलचर नै सखाप भएको बताइएको छ ।

आँधीखोलामा कुखुराको सुली बगाउँदा प्रयोग गरिने विषादीका कारण मरेका माछा । तस्बिर: कान्तिपुर

फर्मको फोहोर तथा कुखुराको सुली खोलामा प्रत्यक्ष रुपम मिसाउँदा यहाँका जलचर प्रभावित भएका हुन्। फर्मबाट निस्किने फोहोर गल्याङ नगरपालिकाको तुल्सीभञ्याङमा विर्सन हुँदै आएको थियो। शनिबार राती जेसीभीको प्रयोग गरेर सुली खोलामा मिसाउँदा आँधिखोला जलविद्युत केन्द्रसम्मका सबै जलचर मरेका छन्।
सुलीको दुर्गन्ध कम गर्न प्रयोग गरिने विषादीका कारण खोलाका माछा मरेको हुन सक्ने स्थानीयले दावी गरेपनि के कारणले माछा लगायत सबै जलचर सखाप भएको हो भन्ने अनुसन्धान भैइरहेको बताइएको छ। यस खोलाको पानी जिमुवामा सिँचाइ हुदैँ कालिगण्डकीसम्म पुगेको छ। प्रशासनले माछाको सेवन र पानी सिँचाइ गर्न रोक लगाएको छ।
फर्मले अण्डा उत्पादन गर्दै आएको छ। त्यहाँबाट निस्किएको फोहोर २८ किलोमिटर टाढामा पर्ने गल्याङ नगरपालिका तुल्सीभञ्ज्याङ स्थित आँधीखोला किनारमा विगतदेखि नै फर्मले कुखुराको सुली फाल्दै आएको थियो।
रातको समयमा खोलामा फोहोर फालेपछि आँधिखोला सेताम्य बनेको हो। यस क्षेत्रभन्दा मुनी कुनै पनि जलचर जिवित छैनन्। केही समय अगाडि आँधीखोला जलविद्युत आयोजनाले मात्र १ लाख ५० हजार माछा यहाँ छाडेको थियो।
खोलातीरमा मरेका माछा सेताम्य देखिएका छन्।प्रशासनले माछा सेवन र पानी सिँचाई गर्न प्रतिबन्ध लगाएको भएपनि केहीले माछा लगेर आन्तरिक रुपमा विक्री गरेको समेत गोप्य रुपमा स्थानीयले बताएका छन्।
माछा कस्तो विषका कारण मरेको हो भन्ने अनुसन्धान भैइरहेको जिल्ला प्रहरीले जनाएको छ। यस फर्मका कर्मचारी र सुली फाल्न प्रयोग गरिएको जे.सी.भी वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ।
समाचार स्रोत:-कान्तिपुर