स्याङ्जा, वालिङ-१४ तमादी का भीम लुईटेल ले २७ लाख को लगनी मा सुरु गरेको इन्द्रेणी बङुर फार्म अहिले वार्षिक करोड को करोबार गर्दै।
वालिङ-९ पिपलटारी मा १३ रोपनी जग्गा १० बर्षको लागि १२ लाखमा भाडामा लिएर सुरु गरेको बङुर फार्म अहिले १ सय ५० माउ सहित तिन सय बढी बङुर सहित बङुर प्रजनन फर्म को रुपमा बिकास भएको छ। भीम लुईटेल लाई जिल्ला पशु सेवा कार्यलय र युवा परिषद स्याङ्जा ले उत्कृष्ट युवा उद्यमी को पुरस्कार प्रदान गरेका छन।
सशस्त्र द्वन्दका बेला मा नेपाली सेनाको जागिर छोडेर दुबइ गएका भिम , त्यहाँ को कमाई राम्रो हुँदा हुँदै पनि आफ्नै देश मै केही गरौ भन्ने सोच लिएर नेपाल फर्कि इन्द्रेणी फर्म खोलेका थिए।
३ बर्षअघी बाट सुरुभएको उक्त फार्म मा अहिले लगनी ३ करोड पुगेको छ। सुरुमा धेरैले बङुरपालन गर्नु हुँदैन भनेका थिए तर अहिले उनिहरुले नै यो पेसा पनि राम्रो हुदोरैछ भन्छन।
उक्त फार्म ले आहिले स्याङ्जा लगयत बिभिन्न २० जिल्ला मा आफ्नो पाठापाठी बिक्री गरिरहेको छ। एउटा पाठो ४५ सय मा बिक्छ र भाले बङुर महिना को ५-१० वटा मासुका लागि बिक्री हुन्छ, भिमले भने। मासु को लागि बेच्ने बङुर ३०० किलो सम्म को हुन्छ , जुन स्थानिय बजार तथा नजिक का बजार मा खपत हुन्छ।
अहिले फर्म ले वार्षिक रुपमा ५० लाख भन्दा बढी नाफा कमाइ रहेको छ ।
स्याङ्जा अन्लाईन का लागि भीम लुईटेल ले उपलब्ध गराउनुभएको तस्बिर हरु, साथै राष्ट्रिय समाचार पत्रहरु मा प्रकासित समाचार हरु।