पाल्पामा डाँडै ढाक्ने गरी अम्लिसो खेती, स्याङ्जामा पनि अम्लिसो खेतीको लागिहावापनी उपयुक्त।स्याङ्जाका कृषकहरूले पनि कम लागतमा बढी आम्दानी लिन सक्ने ।
पाल्पा — निस्दी–३ झिरुवासस्थित खाँदरका किसान डाँडैभरि अम्लिसो खेती गरेका छन् । कम लागतमा बढी आम्दानी हुने भएपछि कृषकहरूले अम्लिसो खेतीको विस्तार गरेका हुन् ।

पाल्पाको निस्दी–३ झिरुवासको खाँदर डाँडामा लगाइएको अम्लिसो खेती । तस्बिर : माधव, Kantipur
अम्लिसोको कुचो, डाँठ बिक्री गरी किसान आत्मनिर्भर बन्दै छन् । स्थानीय किसान अनिल सोमै भन्छन्, ‘मैले प्रतिकिलो ५५ देखि ९० रुपैयाँसम्ममा अम्लिसो बेच्ने गरेको छु, वर्षमा ८ सयदेखि १२ सय किलो अम्लिसो बिक्री हुन्छ ।’ उनी मात्र होइन, गाउँका अधिकांशले अम्लिसोको कुचो बिक्री गरी मनग्य आम्दानी गर्छन् ।
अम्लिसो लगाउनुअघि उनी अर्कैकोमा निमेक गर्न र बजारमा सामान बिक्री गर्न जान्थे । अम्लिसोले आर्थिकस्तर उकास्न सहयोग पुगेको खिममाया सुनारीले बताइन् । कतिपयले अम्लिसोको आम्दानी नगर्दै धेरै दिन पिँडालु, तरुल, कन्दमूल, गिठा–भ्याँकुर खाएर दिन गुजार्ने अवस्था थियो । ६ वर्षअघि कबुलियती वन तथा पशु विकास कार्यक्रम लागू भएपछि यहॉका बासिन्दाले समूह र निजी जग्गामा अम्लिसो लगाएका हुन् । अम्लिसोका ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।
किसान नवीन्द्र सोतीले अम्लिसोको आम्दानीबाट गाउँलेको जीवनस्तरलाई सुधारेको छ ।’ परम्परागत रूपमा खोरिया फाँडेर गुजारा चलाउने अहिले व्यावसायिक बनेका छन् । तानसेनबाट ७० किलोमिटरको दूरी काउलेडॉडामा लगाएको अम्लिसो आम्दानीको बलियो स्रोत बनेको छ । स्थानीय चन्द्रसिंह खन्गाहामगरका अनुसार खोरिया फाँडेको र वनमाराले ढाकेको डाँडामा अम्लिसो, तेजपात, टिमुर, तेजपात, अन्य डालेघाँसले ढाकेको मात्र नभएर आम्दानीसमेत बढाएको छ । समुदाय र काउलेडाँडामा गरी झन्डै ४० लाख अम्रिसो रोपण गरिएको छ । खेर गएको जमिनमा अम्रिसो र तेजपातबाहेक पनि किम्बु, इपिल, बकाइनो, बदामे घाँस हुर्केको छ । ४ हजार ५ सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको काउलेडाँडालाई अम्रिसो र तेजपातले ढाकेको छ ।
काउलेडाँंडामा ३० लाख ५० हजार अम्रिसो, ६० हजार तेजपात, ३० हजार किम्बु, १ लाख २० हजार इपिल (बकाइनो) ५० हजार दुधिलो, ३० हजार बदामे घाँस लगाइएको छ । आर्थिकस्तर कमजोर भएका गाउँलेले कबुलियती वन तथा पशु विकास कार्यक्रम लागू भएपछि श्रमदान गरेर बिरुवा लगाउन सफल भएका छन् ।
अम्रिसो र तेजपात बिक्रीमा समस्या छैन । ‘घरमै आएर लैजान्छन्,’ उनले भने, ‘बजार कहाँ होला भन्ने चिन्ता भएन ।’ खादर र जोडिएको केही गाउ‘बाट अम्लिसो बाहिर पठाउने गरिएको स्थानीय हुमबहादुर पाटाले बताए । डाँठसमेत निकासी हुने गरेको छ । उनका अनुसार चितवन, भैरहवा, बुटवल र नेपालगन्जका व्यापारी गाउँमै आएर अम्लिसो लगेका छन् ।
गत वर्ष ६० रुपैयॉ किलोमा बिक्री गरेकामा यस वर्ष ७० देखि ९० रुपैयाँसम्ममा बिक्री गरेको उनले बताए । अघिल्लो वर्ष यही गाउँबाट झन्डै करोडको अम्लिसोको कुचो निकासी भएको थियो ।
समाचार साभार-Kantipur