स्याङ्गंजा,२९ फागुन । स्याङ्जा जिल्लाको हरिनास गाउपालिका ३ स्थित ललही गाउँको जन जागृती आधारभुत बिद्यालयमा नेपाल जर्नी संस्थाले सुविधा सम्पन्न बिद्युतिय पुस्तकालय निमार्ण गरेको छ । साना साना बालबालिकालाई सुचना र प्रबिधिमा दक्ष बनाउदै उनिहरुको बैदिक बिकासमा सहजता प्रदान गरी क्षमता वान बनाउनका लागी संस्थाले कम्प्युटर र प्रोजेक्टर सहितको बालमैत्रि पुस्तकालय निमार्ण गरेको संस्थाका सचिव प्रकाश सिग्देलले बताउनु भयो ।
संस्थाले तिन लाखको लागतमा साना–साना बाल बालिकाका लागी अत्यावस्यक खेल्दै सिक्ने प्रबिधि सहित भिडियो मार्फत हेर्दै र सुन्दै पढ्न सकने गरि लाईब्रेरीको निमार्ण गरेको संस्थाका अध्यक्ष गणेश लाल श्रेष्ठले बताउनु भयो । ल्भउबभिकभ ब्mभचष्अबल इचनबलष्शबतष्यल इा इजष्य – ल्ब्इइ को आर्थीक सहयोगमा पुस्तकालय निमार्ण भएकोे हो । साथै सो अवसरमा बिद्यालयमा अध्यानरत बिद्यार्थीका लागी झोला र सुईटर समेत बितरण गरिएको संस्थाका कोषाध्यक्ष प्रकाश काफलेले बताउनु भयो ।
पुस्तकालयको हरिनास गाउपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले उद्धघाटन गर्नु भयो । पुस्तकालयको उद्धघाटन गर्दै मानन्धरले हरिनास गाउ पालिकामानै नमुना पुस्तकालय बनेको भन्दै पुस्तकालयको उचित प्रयोग गर्न आग्रह गर्दै पुस्तकालय तथा बिद्यालयको बिकासका लागी सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।नेपाल जर्नीले गरेको कामको उच्च प्रसंम्सा गर्दै उहाले सहयोगी सबै दाता प्रति आभार समेत प्रकट गर्नु भयो ।
कार्यक्रममा बोल्दै बिद्यालयका प्रअ लुमाकान्त सिग्देलले नेपाल जर्नी संस्थाले बिकट गाउमा पुस्तकालय निमार्ण गरी आफना साना साना बिद्यार्थीको उज्वल भबिस्य निमार्णमा निकै ठुलो सहयोग गरेको भन्दै खुसि प्रकट गर्नु भयो ।
कार्यक्रममा वडा नम्वर तिनका अध्यक्ष लेख बहादुर क्षेत्री, वडा सदस्य नारायण उपाध्याय, शिक्षा स्रोत ब्याक्ति दण्डपानी बराल, महिमा माबिका अध्यक्ष नरनाथ लम्साल, शिक्षक मन बहादुर क्षेत्री, जन कल्याण माबिका शिक्षक प्रकाश सिग्देल, दुई नम्वर वडाका अध्यक्ष परशुराम सिग्देल, स्थानिय अगुवा युवा कृष्ण सिग्देल,जन जागृति आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन सिग्देल, नेपाल जर्नी संस्थाका सदस्य नारायण काजी श्रेष्ठ, लगाएत स्थानिय सामाजिक अगुवाहरुले नेपाल जर्नीले निमार्ण गरेको पुस्तकालयले बिद्यार्थीको बैद्धिक बिकासमा निकै ठुलो टेवा पुग्ने बताएका थिए ।
सुचना र प्रबिधिको जमानामा बिद्यार्थीलाई प्रबिधिमा अब्बल बनाउन पुस्तकालयको निकै ठुलो महत्व हुने उनिहरुको भनाई थियो । पुस्तकालय निमार्णका लागी नेपाल जर्नीका अध्यक्ष गणेशलाल श्रेष्ठ सहित सचिव प्रकाश सिग्देल, कोषाध्यक्ष प्रकाश काफ्ले, सदस्य नारायण काजी श्रेष्ठ, मुरली गजुरेल, नबिन श्रेष्ठ, संस्थाका आईटि प्रमुख कम्प्युटर ईन्जिनिर्यस अदिप पौडेल लगाएतको टोलि सो स्थानमा पुगेको थियो । संस्थाले पुस्तकालय निमार्ण गरेपछि बिद्यालयले बिद्यार्थीलाई प्रोजेक्टर मार्फत कक्षा सन्चालन सुरु गरेको छ । कार्यक्रममा स्थानियहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
-saurahaonline.com