
काठमाडौं । कालीगण्डकी उत्तरबाहिनी क्षेत्रमा प्राकृतिक शिक्षण अस्पताल निर्माण गरिने भएको छ । त्यसका निम्ती स्याङ्जा र पाल्पाको संगमस्थल कालीगण्डकीको तट उत्तरवाहिनी क्षेत्र महालिङ्गधाम मालुङ्गा हुँगीमा रामकथा ज्ञानविज्ञान महायज्ञ शुरु भएको छ ।
चैत ३ शनिबारदेखि सुरु भएको महायज्ञ चैत ११ सम्म सञ्चालन हुने आयोजकले बताएको छ । महायज्ञबाट उठेको रकम प्राकृतिक शिक्षण अस्पताल निर्माण, योगध्यान प्रशिक्षण केन्द्र, आधुनिक गुरुकुलसहितको वृहत्तर पर्यटकीय धार्मिक तीर्थस्थल निर्माणका लागि उपयोग गरिने भएको छ ।
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा सञ्चालित महायज्ञमा एक हजार आठ शालिग्राम प्रदर्शन, देवीभागवत पाठ, रुद्राभिषेक, रामकथा तथा वाल्मीकी कथा, गीता तथा वेदका ज्ञान प्रचार तथा तुलादान, लाखबत्ती, ब्रतबन्धलगायत कार्यक्रम राखिएको महायज्ञका प्रचारक विवेक बस्यालले बताए ।
गत वर्ष गरिएको वृहत महायज्ञबाट ट्रस्ट निर्माण गरिएको आयोजकले बताएको छ । यो महायज्ञबाट उत्तरबाहिनी क्षेत्रको महत्व थप बढ्ने, कालीगण्डकीको पर्यटन प्रवद्र्धनमा वृद्धि हुने, ओमकार चक्रशिलाको संरक्षणमा मद्दत पुग्ने अपेक्षा आयोजकको छ ।
महायज्ञका प्रमुख कथाबाचक चैतन्य कृष्ण रहेका छन् । उनी उत्तरबाहिनीको महत्वलाई प्रचार गर्दै नेपाललाई नै धार्मीक महत्वको देशका रुपमा चिनाउने अभियानमा लागेका छन् ।
-baahrakhari












![१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]](https://syangjaonline.com/wp-content/uploads/2018/05/finance-2952018125746-1000x0-218x150.jpg)
































