स्याङजा, मंसिर १३ –प्रधानमन्त्री तथा नेपाली कांगेस्रका सभापति शेरबहादुर देउवाले सर्वसत्तावाद ल्याउनका लागि नेपालका कम्युनिष्टहरु लागि परेको आरोप लगाउनु भएको छ ।
स्याङ्जा सदरमुकाम पुतलीबजारमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्याङजामा रहेको नेपालको ठूलो कालिगण्डकी ‘ए’ जलविद्युत परियोजनाको शिलान्यास आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको जितले नै देशमा विकास हुने दावी गर्नु भयो ।
त्यस्तै सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओली मार्क्सवादी र राष्ट्रवादी नभएको भन्दै ओलीलाई उट्पट्याङवादी भएको आरोप लगाउनु भयो ।
त्यस्तै नेता बालकृष्ण खाँडले सिद्धार्थ राजमार्गलाई व्यवस्थित वनाउने काम नेपाली कांग्रेसले गर्ने जानकारी दिनुभयो । वालिङमा भएको सभामा प्रतिनिधीसभाका स्याङजा २ का उम्मेदवार गोपालमान् श्रेष्ठ, समानुपातिक उम्मेदवार मोहनप्रसाद पाण्डे, प्रदेशका समानुपातिक उम्मेदवार सरस्वती अर्याल, माया राना, लिलबहादुर रनपाल तथा स्याङजा २ ‘क’ का विष्णु पौडेल र ‘ख’ का भागवतप्रकाश मल्ललगायतका नेताले बोलेका थिए ।
बुधबार नै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा सम्वोधन गरेका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजार र वालिङ नगरपालिकाको खेलमैदानमा आयोजित चुनावी सभालाई प्रधानमन्त्रीसहितका नेताले सम्वोधन गरेका हुन् ।
साभार -राधाकृष्ण डुम्रे/उज्यालो ।