स्क्रब टाइफसको संक्रमणबाट स्याङजामा ३ जनाको मृत्यु

0
2763

मंसिर १, २०७४-  स्क्रब टाइफसको संक्रमणबाट पछिल्लो ११ महिनामा ११ जनाको मृत्यु भएको छ । हालसम्म ६ सय ६७ जना संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । स्याङजामा ३, चितवन र नवलपरासीमा दुई–दुई तथा गुल्मी, दाङ, रुपन्देही र मकवानपुरमा एक/एक जनाको मृत्यु भएको हो ।

कार्तिक ७ गते सम्म मृत्यु हुनेको संख्या ९ रहेकोमा २२ दिनको अवधिमा नवलपरासी र मकवानपुरमा थप दुई जनाको मृत्यु भएको महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. विवेककुमार लालले जानकारी दिनुभयो ।  संक्रमित सुलसुलेको टोकाइबाट सर्ने स्क्रब टाइफसको संक्रमण ३८ जिल्लामा फैलिएको छ । स्क्रब टाइफसबाट चितवन सबैभन्दा बढी प्रभावित छ भने मकवानपुर, नवलपरासी र पाल्पामा पनि यसको संक्रमण देखिएको छ ।

सन् २०१५ मा १६ जिल्लामा फैलिएको स्क्रब टाईफसको संक्रमणबाट आठ जनाको मृत्यु भएको थियो भने सन् २०१६ मा सो संख्या १४ पुगेको थियो । असार महिना देखि बढ्दै गएको संक्रमण हाल बिस्तारै कम हुँदै गएको बताउँदै डा. लालले सर्तक रहन भने सबैमा अपिल गर्नु भएको छ ।

-Kantipur