के.पी ओली र प्रचण्डद्वरा स्याङ्जाको पुतलीबजार र वालिङमा मा चुनावी सभालाई सम्बोधन

0
2232

स्याङ्जा, कात्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्याङजाका दुई ठाँउमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्नुभएको छ ।

प्रचण्ड र ओलीको एउटै वचन – ‘वाम गठबन्धन कसैका विरुद्ध होइन’

स्याङजाको सदरमुकाम पुतलीबजार र वालिङमा आयोजना गरिएका सभालाई सम्बोधन गर्न ओली र प्रचण्ड छुट्टा—छुट्टै समयमा स्याङजा आउनुभएको थियो ।

सदरमुकामको सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कम्युनिष्ट सरकार बनाउनको लागि वाम गठबन्धन गरिएको बताउनुभयो । ‘कम्युनिष्ट सरकार स्थापना गरेर कम्युनिष्ट सत्ता बनाउनका लागि गठबन्धन गरिएको हो’ उहाले भन्नुभयो ‘यसबाट कांग्रेस आत्तिनु पर्दैन, कम्युनिष्ट सरकार सम्बृद्धि दिने तर्फ लाग्नेछ ।’

सम्बोधनपछि ओली वालिङको सभामा गए लगत्तै केहि समयपछि मञ्चमा देखिनुभएका प्रचण्डले मंसिर १० र २१ गतेको चुनावपछि देशबाट कांग्रेस बढारिने दाबी गर्नुभयो । ‘प्रजातन्त्रका नाममा नागरिकलाई विकासबाट कांग्रेसले बञ्चित गरायो’ उहाँले भन्नुभयो ‘अब हामीले स्थापना गर्ने सरकारले नेपाललाई सम्बृद्ध बनाउँछ ।’ -ujyaaloonline