स्याङ्जा, कात्तिक २२ – स्थानीय तहका वडा अध्यक्षले प्राप्त गरेको मतको तुलना गर्दा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन स्याङ्जामा अगाडि देखिएको छ । लोकतन्त्रवादी मतदाता बढी छन् भनि दाबी गरिएको स्याङ्जामा यो विवरणले वाम गठबन्धनलाई नेपाली कांग्रेसले कडा टक्कर दिने देखिएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं. १ मा समावेश फेदीखोला, आँधीखोला, अर्जुचनौपारी, बिरुवा र हरिनास गाँपालिका तथा पुतलीबजार, भीरकोट नगरका १, २, ३, ४ र वालिङ् नगरका ३ र ४ वडाहरुमा अध्यक्षले प्राप्त गरेको मत परिणाम हेर्दा कांग्रेसको २५ हजार ५ सय ३६ मत रहेकोमा एमालेले ३१ हजार ७ सय १५ छ भने मओवादीले प्राप्त गरेको ४ हजार ६६ मत जोड्दा कांग्रेस भन्दा ९ हजार २ सय ४५ मत अगाडि देखिन्छ ।
हरिनास, बिरुवा, वालिङ् ३, र ४, भीरकोट १, २, ३, ४ र पुतलीबजार नगरपालिका १, २, ७, ८, ९, १०, ११, र १२ समाबेश गरेर बनेको प्रदेश नं. १ मा कांग्रेसको मत १३ हजार २ सय ४ मत रहँदा एमालेको १४ हजार ५ सयमा माओवादीको १ हजार ८ सय ४ मत जोड्दा ३ हजार १ सय मत कांग्रेस पछाडि देखिन्छ ।
त्यसैगरी फेदीखोला, आँधीखोला, अर्जुनचौपारी र पुतलीबजार नगरपालिका ३, ४, ५, ६, १३ र १४ समेटेर बनेको प्रदेश नं. २ मा कांग्रेसको १३ हजार ३ सय ३२ रहेको छ । सो क्षेत्रमा एमालेले १७ हजार २ सय ५ र माओवादीले २ हजार २ सय ६२ मत जोड्दा कांग्रेस ६ हजार १ सय ३५ मत भए पनि स्थानीय तहमा कांग्रेसले उम्मेदवार नमिलाइएको आंकलन गरेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं. २ मा स्थानीय तहमा कांग्रेसले २८ हजार ४ सय ९ मत प्राप्त गर्दा एमालेले २८ हजार ३ सय ३६ मत र माओवादीले प्राप्त गरेको ४ हजार १८ मत हेर्दा गठबन्धन ३ हजार ९ सय ४५ मतले अगाडी छ ।
प्रतिनिधिसभा २ मा पर्ने भीरकोट ५, ६, ७, ८, र ९, वालिङ् १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १३ र १४ तथा गल्याङ् नगरपालिकाका ६ र ७ वडा समावेश गरेर बनेको प्रदेशसभा नं. १ मा कांग्रेसले १२ हजार ७ सय ३४ मत प्राप्त गर्दा एमालेले १३ हजार २ सय ८३ मत प्राप्त ग¥यो भने माओवादीको १ हजार ४ सय ६६ मत जोड्दा कांग्रेस २ हजार १५ मत पछाडि छ ।
प्रदेशसभा २ मा पर्ने भूभागबाट कांग्रेसले १५ हजार ६ सय ७५ प्राप्त गर्दा एमालेले १५ हजार ५३ र माओवादीले २ हजार ५ सय २२ मत प्राप्त ग¥यो । दुवैको मत जोड्दा वामपन्थी १ हजार ९ सय ३० मत अगाडि देखिन्छ । यस प्रदेशमा कालीगण्डकी गाउँपालिका गल्याङ् १, २, ३, ४, ५, ८, ९, १०, ११ र चापाकोट नगरपालिका समेटिएको छ ।
स्याङ्जा क्षेत्र नम्बर १ प्रतिनिधिसभामा कांग्रेसबाट राजु थापा र एमालेबाट नारायण मरासिनी चुनावी मैदानमा छन् । प्रदेशसभा १ मा कांग्रेसका कमलप्रसाद पंगेनी र वाम गठबन्धनबाट माओवादीका दिपक थापा छन् । प्रदेश २ मा कांग्रेसबाट तुलसी गिरी र वाम गठबन्धनबाट एमालेका मिन गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।
स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं. २ मा कांग्रेसबाट उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र एमालेबाट पद्यमा अर्याल चुनावी प्रतिस्पर्धीमा छन् । यहि क्षेत्रको प्रदेशसभा १ मा कांग्रेसले विष्णुप्रसाद पौडेल र एमालेले मोहन रेग्मीलाई चुनावी मैदानमा उतारेको छ । प्रदेशसभा २ मा कांग्रेसबाट भागवत प्रकाश मल्ललाई चुनौती दिन गठबन्धनबाट माओवादीका सुरज गैरे मैदानमा छन् ।
Source-राधाकृष्ण डुम्रे/उज्यालो ।