२५ सेप्टेम्बर, युएई । गैरआवासीय नेपाली संघ युएईका नवनिर्वाचित अध्यक्ष रमेश श्रेष्ठले एनआरएनलाई युएईमा श्रमजीवी नेपालीहको वकालत गर्ने सबैभदा भरपर्दो संस्थाका रुपमा विकास गर्ने बताएका छन् ।
आफू नेतृत्वमा आएलगत्तै एनआरएनए युएईले आफ्ना सदस्यलाई जीवनविमासरहको राहतका प्याकेज घोषणा गरेको उनले बताए ।
एनआरएनको सदस्यता लिएका करिब २ हजार ७ सय जनामा लागू हुने राहत प्याकेजले सँस्थामा आबद्ध सदस्यहरुको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने नवनिर्वाचिच अध्यक्ष श्रेष्ठले बताएका छन् ।
अध्यक्ष श्रेष्ठका अनुसार एनआरएनका सदस्यहरुको निधन भएमा निजका परिवारले १ लाख पचास हजार रुपैयाँ र अंगभंग भएमा १ लाख रुपैयाँ राहत उपलब्घ गराउने नवनिर्वाचित समितिको पहिलो बैठकले निर्णय गरेको छ ।
उक्त कार्यक्रम सफल पार्नका लागि आपतकालीन उद्धारकोष स्थापना गरिएको नवनिर्वातिच महासचिव कृष्ण पौडेलले जानकारी दिए ।
पहिलो बैठकबाट १४ हजार ४ सय रुपैयाँ संकलन भएको महासचिव पौडेलले बताएका छन् । प्रत्येक बैठकमा यसरी रकम संकलन गर्दै जाने योजना रहेको छ ।
प्रत्येक महिना बैठकबाट न्युनतम चार हजार रुपैयाँ थपिदै जाने उनले जानकारी दिए । निर्वाचन प्रकृयाका क्रममा उठेको रकमबाट पन्” हजार रुपैयाँ समेत आपतकालीन उद्धार कोषमा राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनले आईसीसी तथा अन्य सरोकारवालासँग समन्वय गरी उक्त कोष वृद्धि गर्दै लगिने पनि जानकारी दिए ।
यस बाहेक एनआरएनएको सदस्यता कार्ड बाहकलाई युएई र नेपालमै पनि विशेष छुट दिलाउन ट्राभल एजेन्सी, रेष्टुरेन्ट लगायतका व्यावसायीसँग समेत सहकार्य गर्ने प्रयास भइरहेको जनाइएको छ ।
विभिन्न उपसमितिहरु गठन
एनआरएनएको गतिविधिलाई प्रभावकारी बनाउन विभिन्न करिब दर्जन उपसमितिहरु गठन गरिएको छ ।
एनआरएनएका विभिन्न पदाधिकारीको संयोजकत्वमा स्वागत, जनचेतना, सांस्कृतिक लगायतका समिति गठन गरिएको महासचिव कृष्ण पौडेलले जानकारी दिए ।
यसरी गठित समितिमा गोपाल कँडेलको संयोजकत्वमा विशेष समिति रहेको छ । यस समितिको सदस्यमा विमल तामाङ, मोहन शर्मा, रेखा घिमिरे र राजेश दर्शन अर्याल रहेका छन् । विशेष समितिले एनआरएनएको गतिविधिलाई प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ ।
एनआरएनए युएईको पहिलो पूर्ण बैठकले विभिन्न रिक्त रहेका पदमा मनोनयन गरेको छ । संस्थाको प्रवक्तामा मनु क्षेत्रीलाई चयन गरिएको छ ।
यस्तै कार्यसमिति सदस्यमा सागर लुइँटेल, बिष्णुहरि बगाले, असार तामाङ, ओमप्रकाश पोख्रेल, सुदिप खराललाई मनोनित गरिएको हो ।
मनोनितहरुलाई क्षेत्रीय रुपमा समावेशी तरिकाले चयन गरिएको महासचिव पौडेलले जानकारी दिए ।
सदस्यमा मनोनितहरु अधिकांश सदस्यमा उमेद्वारी दिएर फिर्ता लिएकाहरु रहेका छन् । एक जना महिला सदस्य आगामी बैठकबाट चयन गरिने उनले जानकारी दिए । एनआरएनएले नयाँ सदस्य बन्न चाहनेलाई वर्षभरि नै सदस्यता खुल्ला राख्ने समेत निर्णय गरेको छ ।
सल्लाहकार समिति गठन
एनआरएए युएईका गतिविधिमा महत्वपूर्ण भूमिका खेल्दै आएका समाजसेवीहरुलाई समेटेर सल्लाहकार समिति समेत गठन गरिएको छ ।
समितिमा निवर्तमान अध्यक्ष सुदिप कार्की, जनसम्पर्क समिति युएईका अध्यक्ष खेमराज बस्नेत, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कँडेल, जनप्रगतिशील मञ्च युएईका कार्यवाहक अध्यक्ष बाबुराम विश्वकर्मा रहेका छन् ।
यस्तै पत्रकार महासंघ युएईका उपाध्यक्ष लक्ष्मण खनाल र विश्लेषक निमेश गिरीलाई पनि सल्लाहकार समूहमा चयन गरिएको छ । एक जना सल्लाहकार आगामी बैठकबाट चयन गरिने बताइएको छ ।
युएईमा रहेका सबै नेपाली संघसंस्थासँगको सहकार्यलाई प्रभावकारी बनाउन एनआरएनए युएईले आफ्नो पहिलो कार्यक्रम अन्र्तकृयाबाट शुरु गर्ने भएको छ ।
आगामी २८ सेप्टेम्बर, बिहिबार अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको महासचिव पौडेले जानकारी दिए । एनआरएनएमा आबद्धता तथा सहकार्यका विषयमा संघसंस्थाको प्रतिनिधिसँग छलफल गरिने भएको छ ।
एनआरएनए युएईलाई स्थानीय कानुन अनुसार दर्ता गराउन यस कार्यसमितिले प्राथमिकता दिने भएको छ ।
त्यसका लागि अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा एक समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा उपाध्यक्ष नेत्र शर्मा, आईसीसी सदस्य ठाकुर ढुंगाना, युवा संयोजक नवीन पौडेल, दुबई अध्यक्ष मदन अधिकारी रहेका छन् ।
युएईको बसाई अन्त्य गरी नेपाल फर्किन लागेका एनआरएनए युएईका पूर्व सल्लाहकार हेमन्त पौडेललाई एनआरएन युएईले बिदाई सम्मान गरेको छ ।
दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको महासचिव पौडेलले जानकारी दिए । जन प्रगतिशीत मञ्च युएईका अध्यक्ष पौडेल एनआरएनए युएईको २०१५-२०१७ कार्यसमितिका सल्लाहकार समेत हुन् ।-Onlinekhabar