स्याङ्जामा बाल दिवसको बारेमा अनविज्ञ छन् सडक बालबालिका

0
2503

देशभर बालबालिकाको अधिकारको कुरा उठाउँदै बाल दिवस मनाई रहँदा जिल्लाको मुख्य बजार क्षेत्रहरुमा साहारा विहिन बालबालिका भने मजदुरी गर्न बाध्य छन् । बिहान खाए बेलुका के खाने भन्ने चिन्ताका कारण उनीहरु बिहान उठे देखि बेलुका सम्म एक ठाँउबाट अर्को ठाँउमा माल सामान ओसापोसार, होटलमा मजदुरी गर्ने, विभिन्न पसलमा मजदुरी गर्ने काममा नै व्यस्त देखिन्छन् ।

जिल्ला बाल कल्याण समितिले बाल दिवस मनाएको कार्यक्रमा नेता, जनप्रतिनिधि र कर्मचारीको ठूलो उपस्थित रहयो तर, सडक बालबालिकाको भने उपस्थित रहेन । -Kantipur