सुआहारा कार्यक्रम स्याङजामा जनप्रतिनिधि र गैसस बाधक

0
3464

स्याङजामा सञ्चालन हुन लागेको सुआहारा दोस्रो चरणको कार्यक्रम लागु गर्नमा जिल्लाका ११ स्थानीय तह मध्ये ७ स्थानीय तहका जनप्रतिनिधिले गैर सरकारी महासंघ जिल्ला शाखाको उक्साहटबाट सृजना गरेको विवाद कारण अलपत्र परेको छ । एक हजार दिनका बच्चा र आमाको सुरक्षाका लागि आएको दोस्रो चरणको कार्यक्रम सुआहारा जनप्रतिनिधि र गैर सरकारी महासंघ बाधक बनेको खुलासा भएको छ । सुआहारा कार्यक्रम सञ्चालनका लागि हेलेन केलर इन्टरनेशनलले प्रस्तावना माग गरेको थियो ।

करिव एक बर्ष अगाडि कार्यक्रम संचालनका लागि जिल्लामा रहेका इच्छुक गैर सरकारी संस्थालाई माग गरे बमोजिम ७ ओटा संस्थाले आवेदन दिएका थिए । ७ संस्था मध्ये दियालो, अन्धाअन्धी र अभियान परामर्स सेवा केन्द्र संस्थाहरु प्रारम्भिक छनोटमा परेका तीन संस्था मध्ये सुआहारा कार्यक्रम संचालनका लागि दियालो गैर सरकारी संस्था छनोट भएपछि जिल्लामा विवाद शुरु भएको छ । पहिलो चरणको कार्यक्रम गरेको आपसी सहयोग केन्द्रलाई दोस्रो चरणको कार्यक्रम नपाएपछि विवाद शुरु भएको हो । -Kantipur