२७ अगस्ट कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको वर्ष २०१७-२०१९ को लागि यूवा संयोजकमा स्याङजाकी माया केसी निर्विरोध निर्वाचित भएकी छन् ।
विगत लामो समयदेखि कतारमा व्यवसाय गर्दै आएकी केसी स्याङजाको हरिनास गाँउपालिका क्याक्मी निवासी हुन् ।
एनआरएन कतारको युवा संयोजकमा दुई जनाको उम्मेदवारी परेपनि युवा संयोजक कै अर्का उम्मेदवार रुपन्देही सेवा समाज कतारका अध्यक्ष डिल्लीरा भट्टराईले अन्तिममा आएर उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध निर्वाचित भएकी हुन् ।
युवा संयोजकमा सर्वसम्मत भएपछि उनले भनिन-“कतारमा रहेका नेपाली युवाहरुको सीप बिकास,क्षमता अभिबृद्धि , युवा उद्यमशिलतालाई उजागर गर्न युवा संयोजकको हैसियतबाट उचित संजाल बिस्तार गर्न प्रयत्न गर्नेछु ।”
कतारका विभिन्न सामाजिक कि्रयाकलापमा संलग्न केसी एक सफल व्यवसायीका अलावा एक सामाजिक अभियन्ता समेत हुुन ।-Online Khabar