असार १०, २०७४ जिल्ला कृषि विकास कार्यालयको अनुदानमा पहिलो पटक स्याङजामा व्यावसायिक अलैची खेती सुरु गरिएको छ । स्याङजामा अलैची खेतीका लागि उपयुक्त हावापनी भएको भन्दै कार्यालयले पहिलो पटक कृषकहरुलाई अलैचीका विरुवा वितरण गरेको छ । कृषकहरुलाई कार्यालयले ५० प्रतिशत अनुदानमा एक लाख ८० हजार विरुवा वितरण गरेको जनाएको छ । कृषकहरुले जिल्लाभर १० वटा अलैची खेतीको बगैचा बनाउन माग गरे अनुसार खेती सुरु गरिएको कार्यालयका योजना अधिकृत तिलक बिसीले जानकारी बताउनुभयो । यस वर्ष परीक्षण मात्र गरिने तथा उत्पादनको आधारमा आगामी वर्षदेखि खेती विस्तार गरिने बिसीले बताउनुभयो । कार्यालयको ८ लाख ९० हजार र किसानबाट ८ लाख गरी १६ लाख ९० हजारको लगानीमा व्यावसायिक खेती सुरु गरिएको कार्यालयले जनाएको छ ।

समाचर स्रोत : कान्तिपुर












![१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]](https://syangjaonline.com/wp-content/uploads/2018/05/finance-2952018125746-1000x0-218x150.jpg)
































