एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।
नेपाल टेलिकमको आइभिआर सेवाको सटकोड १६०० मा फोन गरेर अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा ली तथा नेपाल टेलिकमको सटकोड १६०० मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिनेछ ।
नेपाल टेलिकमको www.see.ntc.net.np वेभसाइटमा हेर्न सकिने…
यस्तै शिक्षा मन्त्रालयको www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपूरको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपूरको www.neb.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np, कान्तिपूर डिजिटल प्रालीकोwww.ekantipur.com, नेपाल टेलिकमको www.see.ntc.net.np, एनसेल प्रालिको www.ncell.axiata.com, लगायतका वेभसाइटमा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सेयर गर्नुहोस्।