जेठ २४ – अखिल नेपाल फुटबल संघको आयोजनामा पाल्पा र स्याङ्गजामा भइरहेको महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगितामा ताप्लेजुङ र रौतहट फाइनलमा प्रवेश गरेका छन् ।
२८ जिल्लाको सहभागिता रहेकोे राष्ट्रिय महिला लिग फुटवल प्रतियोगिता स्याङ्जा र पाल्पामा गरी गएको मंगलवारबाट १४–१४ जिल्लाको खेल भएको छ । प्रतियोगितामा पहिलो हुनेले ३ लाख र दोस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । विभिन्न पाँच विधा अन्तर्गत उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, फरवार्ड र बेस्ट कोचलाई जनही १५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।
-समाचार स्रोत: उज्यालो अन्लाईन