दोस्रो चरणको निर्वाचन असार १४ गतेका लागि तय,नयाँ कार्यतालिका सार्वजनिक

0
2499

जेष्ठ १७, २०७४ निर्वाचन आयोगले असार १४ गतेका लागि तय भएको दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले दोस्रो चरणको निर्वाचनको नयाँ मिति घोषणा गरेसँगै आयोगले असार २ गते देखि असार १४ गतेसम्मका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार असार २ गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने, सोही दिन मनोनयनपत्र दर्ता भएको उम्मेद्वारको सूची प्रकाशन गर्ने, ३ गते उम्मेद्वारको विरोधमा उजुरी दिने कार्यक्रम छ । असार ३ गते नै मनोनयनपत्र जाँच गर्ने, ४ गते मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने, सोही दिन उम्मेदवारले नाम फिर्ता लिने, ५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । असार १४ गते मतदान हुनेछ । जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन यसअघि असार ९ गते सारिएको थियो । मुस्लिम धर्मावलम्बीको रमजान पर्वको कारण देखाउँदै सरकारले पुन: मिति सार्दै असार १४ गते निर्वाचन गर्ने घोषणा गरेको हो ।