वैशाख २४, २०७४- संसद बैठक सूचना टाँसेर स्थगित भएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गते दिउँसो ३ बजेसम्मका लागि सूचना टाँसेर स्थगित भएको हो ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव टेबुल गर्न विपक्षी दलहरुले नदिएपछि शुक्रबारको बैठक स्थगित भएको थियो ।