चैत्र २१, पुतलीबजार नगरपालिका -११ मा बस्ने अति बिपन्न १४ घर परिवारलाई
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले खाद्यान्न सहयोग गरेको छ।
दैनिक रुपमा ज्याला मजदुरी गरि जीविकोपार्जन गर्दै आएका उनीहरुलाई शुक्रबार पुतलीबजार
नगरपालिका -११ का वडा सदस्य सुनिता नेपाली, मनोज पौडेल र नेपाल चार्टर्ड एकाउन्टेन्ट
संघको तर्फ बाट शंकर अर्यालको रोहवरमा दैनिक जीवनमा प्रयोग हुने समानहरु वितरण
गरिएको हो।
संस्थाको राहत कोषमा जम्मा भएको रकमबाट गण्डकी प्रदेशका चार्टर्ड एकाउन्टेन्टको पहलमा
प्रति परिवार ५ किलो चामल, १ प्याकेट डेटोल साबुन,१ लिटर तेल, १ केजी दाल , १ प्याकेट
नून र १/२ प्याकेट सोयाबिन रहने गरि राहत वितरण गरेको थियो।
समाचार स्रोत्: नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ प्रतीनिधी