जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधनका चालक र सह–चालकलाई खादा र माला लगाएर सम्मान गरिएको छ।
ट्राफिक प्रहरी स्याङ्जाका प्रमुख रेशमबहादुर रानाभाटले भन्नुभयो, “जिल्लामा सवारी दुर्घटना शुन्य बनाउने अभियान अनुरुप चालक र सह–चालकलाई सम्मान गरेका हौं ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्याङ्जालाई दुर्घटना शुन्य बनाउन चालकलाई ‘कडा हैन मिठो कारबाही’ भन्ने अभियान चलाएको ट्राफिक प्रमुख रानाभाटले बताउनु भयो । उहाँका अनुसार विगत १ वर्षदेखि संचालित अभियानले दुर्घटनामा कमि आएको छ ।
साथै यो अभियान मा चालक सह–चालकलाई सम्मान गर्दै सवारी साधन चलाउँदा मादक पदार्थ सेवन नगर्नु, क्षमता भन्दा बढि यात्रु नराख्नु, गलत स्थानमा पार्किङ् नगर्नु लगाएतका विषयमा प्रशिक्षण समेत दिईएको थियो ।
-समाचार स्रोत : आधिखोला खबर