वालिङको सुकौँदी बगरबाट शुरु हुने प्रतियोगिता त्रियासी, छापागाँउ, सिंगारकोट, माँझकोट, तलाथोक, मिनाङकोट, जगतभञ्याङ, केँवरे, चिहानडाँडा, काफलडाँडा, गह्रौँशुर मन्दिर, बजाकोट, दाङसेया, करादी, झोलुङगे, उदियाचौर, घुरुङखा, डुम्रेभञ्याङ, स्वरेकमैदान, टापु भञ्याङ, डौँवा हुँदै पुनः सुकौँदी आएर सय किलोमटिर यात्रा पुरा हुने वण्डरफूलका सचिव मोहन गुरुङले बताउनुभयो ।
‘वालिङ 100’ माउन्टेन बाइक रेसको कार्यतालिका।
बिहान 6.15 बजे – सुर्कौंदीको बगर, खेलाडी रिपोर्टिङ।
बिहान 7. 00 बजे – रेस शुरु।
साँझ 5.00 बजे – रेस अन्त्य।
साँझ सात बजे – पुरस्कार वितरण।
प्रतियोगितामा विजेताले ५ हजार डलरसहित ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिहरुलाई यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा स्थानीयले स्वागत गर्नेछन् ।