स्याङ्जामा अन्तर विध्यालय शिक्षक सुपर सिक्स क्रिकेट लिग प्रतियोगिता जारी,पौष २२ गतेबाट Quarter Final

0
2615

 स्याङ्जा जिल्ला भित्र लुकेको प्रतिवावन क्रिकेट खेलाडीको खोजि र निकास, गर्नेछौ स्याङ्जा क्रिकेटको विकास भन्ने मूल नारा लिई यस “स्याङ्जा क्रिकेट क्लब” स्थापना भएको क्लबले विभिन्न उमेर समूहक खेल प्रतियोगिताहरु आयोजना गर्दै आएको जानकारी गर्दछौ । यस क्लबले स्याङ्जा जिल्लामा क्रिकेटको आमुल परिवर्तन र दिगो विकास गर्नका लागि जग देखि बलियो गराउनु पर्ने विचारका साथ यस क्लबले विध्यालय स्तर बाटै जोड गर्ने भएको र विध्यार्थीहरुलाइ ज्ञान र प्रसिक्षण दिन प्रतेक विध्यालयका शिक्षक्हरु क्रिकेट खेलको अनुभब हुनु आवश्यक भएकोले शिक्षकहरुलाई लक्षित गरि यस स्याङ्जा क्रिकेट क्लबले जिल्लामा पहिलो पटक जिल्ला स्तरीय अन्तर विध्यालय शिक्षक सुपर सिक्स क्रिकेट लिग प्रतियोगिता” आयोजना यहि पौस ८ गते बाट स्याङ्जा सदरमुकामको मालेबगरमा भइरहेको छ। उक्त खेलमा २० वटा विध्यालयहरुको सहभागिता हुने आशा भए पनि १२ बिध्यालयहरु मात्र सहभागी भएका छन् ।

प्रतियोगिताको प्रमुख विशेषता :

  • निकैनै छोटो अवधिको हुने यस खेल्नमा जम्मा ६ जनाको मात्र सहभागी हुने एक टिममा ६-६ ओभरको खेल खेलाइएको छ, जसमा मैदानको बाउन्दरी जम्मा ३० मिटरको राखिएको छ
  • क्रिकेट प्रतियोगिता स्तरिय बनाउन सबै खेल MAT मा र soft cricket ball ले खेलाइएको छ
  • प्रतियोगिता leaguecom knock out को आधारमा खेलाइने यो खेल छुट्टीको समय मा मात्रै खेलाइएको छ
  • खेलाडी प्रोत्साहनको लागी प्रतेको लिगखेलमा “Man Of The Match “ राखिएको यस प्रतियोगितामा प्रथम, दित्तीय तथा तित्तिय हुने टिमले समेत पुरस्कार दिईने छ
  • दर्शक तथा आफ्नो विध्यालयको समर्थकहरुको लागि पनि “FAN of The Day” र प्रतियोगिताको खेलमा छक्का प्रहार गरेको बललाइ छोप्ने दर्शकलाइ आकर्षक पुरासक्र प्रदान गरिएको छ
  • प्रतियोगितामा सहभागी हुने इच्छुक विध्यालयमा प्रतियोगिता अगाडी तयारी गर्नका यदि तालिम अथवा प्रशिक्षणको आवश्यकता भएमा १ हप्ताको लागि अनुभवी खेलाडीहरुबाट निशुल्क तालिम गरिदिने गरेको छ

प्रतियोगिताको अहिले सम्म को एक रिपोर्ट:

पौष ८ गते बाट सुरु भएको र प्रतेक बिदाको दिनमा मात्रै खेलाइने उक्त प्रथम जिल्ला स्तरीय “अन्तर विध्यालय शिक्षक सुपर सिक्स क्रिकेट लिग प्रतियोगिता” मा गत पौष १५ सनिवार सम्म सबै लिग खेल को समाप्ति भए संगै ४ वटा group  बाट शिर्स दुई स्थानमा रहने ८ टिमहरु Quarter Final का लागी प्रवेश गरेका छन् । Group A बाट Jyoti Roshani (Syangja), Group B बाट ShishuNiketan Himalayan (syangja) , Group C बाट Conscience ( Hellu) Gyanodaya (Rangkhola), Group D बाट Aadarsh  (Galyang) Sunrise ( Mirdi, Walling) गरि ८ वटा विध्यालयहरु Quarter Final Knock Out Round मा पुग्न सफल भएका टिमहरुलाई अब यहि आउने सनिवार पौष २२ गते को दिन प्रतिस्पर्धा गराइने भएको छ ।

स्याङ्जा क्रिकेट क्लबका अध्यक्ष श्री दिवाकर थापाले क्रिकेट प्रतियोगिताको स्तर वृद्धि गर्न खेलमा केहि नयाँ कुराहरु परिवर्तन गरि समावेस गरेका छन् जस्तै

  • क्रिकेट बल जस्तै देखिने सोफ्ट बलले म्याट माथि खेलाइने,
  • दुवै छेउबाट बलिङ् र ब्याटिङ् परिवर्तन गरेर खेलाइने,
  • दर्शकहरु तथा विध्यार्थीहरुको अकार्षण गराउनलाइ “Sixer Catcher” का साथै “Fan Of the Match” भनेर प्रतेक म्याच मा गोलाचिठा गरि पुरस्कार दिने,
  • “Syangja Cricket Club” Facebook page मा प्रतक्ष्य अपडेट गराइने,
  • तालिम आवश्यकहुने विध्यालयहरु शिक्षकहरुलाई निशुल्क तालिम प्रशिक्षण दिने सूचना दिएका छन् ।

 

लिग खेल सकिए लगतै आयोजक द्वारा सबै Qaurter Final knock out  का खेलहरु निकै नै रोमान्चक हुने आशा राखेका छन् ।

अब आउने शनिवार पौष २२ गते मालेबगर मा हुने पहिलो क्वाटर फाइनल खेल मा Gourp A का Topper श्री ज्योति आ.मा.वि. र Group B का Runner-up श्री हिमालयन आ.मा.वि. बीच हुनेछ त्यस्तै गरी दोस्रो खेलमा Gourp B का Topper श्री शिशुनिकेतन आ.मा.वि. र Group A का Runner-up श्री रोशनी आ.मा.वि. तेस्तै तेस्रो खेलमा Gourp C का Topper श्री कोनसाइन्स आ.मा.वि. र Group D का Runner-up श्री सनराइज आ.मा.वि. र चौथौ क्वाटर फाइनल खेलमा Gourp D का Topper श्री आदर्श आ.मा.वि. र Group C का Runner-up श्री ज्ञानोदय आ.मा.वि. बीच Semi-Final का लागि घमाशान प्रतिश्पर्दा हुनेछ।

 

विस्तृत जानकारीका लागी यस क्लबमा सम्पर्क गर्न हुन अनुरोध छ,

 

Syangja Cricket Club, Syangja.

Contact No.    : 9817196705, 9846073503               

Email               : syangjacricketclub@gmail.com

Facebook Page :Syangja Cricket Club

Syangja Cricket Club Bank A/c no. :  04500105200138 (Everst Bank)