दुवै पक्षबाट उम्मेदवारहरुमाथी हातपात गरिएको आरोप पनि लगाइएको छ । सोही विषयलाई लिएर विवाद चुलिदै जाँदा निस्कर्ष निस्कन सकेको थिएन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबारदेखी शनिबारसम्म एउटा पनि सर्वपक्षिय वैठक बसाल्न नसकेपछि दलद्धारा परेका निवेदनलाई निर्वाचन आयोगमा पठाएको थियो । आयोगद्वारा स्याङजामा रोकिएको मतगणना सुचारु गर्न शनिवार दिउँसो पत्र पठायो । पत्रसँगै निर्वाचन आयोगका समानुपातिक तर्फका सहायक निर्वाचन अधिकृत सुशील कोइराला र आयोगकै उपन्यायधिवत्ता धनश्याम ओझाको उपस्थितिमा शनिवार बेलुका ६ बजे बसेको सर्वपक्षीय वैठकमा कुनै पनि दलले विवाद निकालेनन ।
आयोगका प्रतिनिधिले ल्याएको पत्रमा सहमति जनाउँदै आइतबार विहान ८ बजे पुन: सर्वपक्षिय वैठक बसेर मतगणना सुरु गर्ने सहमति सहित बैठक सम्पन्न भएको थियो । दुई गठबन्धनबाट निस्किएका विवादहरु जुनसुकै राजनिति दल आफू माथि रहन खोज्ने हुँदा विवाद बढेकोले सहमति जनाइयो भन्दै निर्णयमा हस्ताक्षर गरे । जिल्ला प्रशासनद्वारा शुक्रबार लगाइएको निशेषित क्षेत्र घोषण भने शनिबार बेलुका सम्म खुलेको छैन । विभिन्न दलका कार्यकर्ता तथा जिल्लाबासीहरु आफुले दिएको मतको नतिजाको पर्खाइमा मुख्य निर्वाचन अधिकृतको कार्यालय वरिपरी दिन विताएका छन । -Kantipur