स्याङ्जा क्षेत्र नं. १ र २ का उम्मेदवारको मुख्य एजेन्डा

0
3290

वि.सं. २०७२ मा बनेको नेपालको संविधान पूर्ण रूपमा कार्यान्वयन गर्ने सवालमा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा ठूला दलका शीर्ष नेताहरू दैनिक चुनावी सभाहरूलाई सम्बोधन गर्दै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । बढ्दै गएको चिसो मौसममा तातोको पारो उकालो लागेको चुनावी सरगर्मीबाट स्याङ्जा अछुतो छैन । प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा नेता राजु थापा र नेकपा (एमाले) का नारायणप्रसाद मरासिनी तथा क्षेत्र नं. २ मा नेपाल सरकारका उपप्रधान तथा शिक्षामन्त्री एवं कांग्रेस नेता गोपालमान श्रेष्ठसँग एमालेका केन्द्रीय सदस्य महिला नेतृ पद्मा अर्याल चुनावी मैदानमा प्रतिस्पर्धाका लागि प्रचारप्रसारको अन्तिम चरणमा छन् । यही सन्दर्भमा उम्मेदवारहरूको चुनावी मुद्दा तथा एजेन्डाका बारेमा कारोबार संवाददाता प्रकाश डोटेलले गरेको कुराकानीको सारसंक्षेप :

संविधान दियौं, अब समृद्धि दिन प्रतिबद्ध छौं

राजु थापा
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस
स्याङ्जा क्षेत्र नं. १

राजनीतिमा गरेको लगानी र आमलोकतन्त्रवादीले गरेको विश्वासले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मलाई जुन विश्वास प्राप्त भयो सोहीअनुरूप गरिएका प्रतिबद्धताअनुसार तोकिएको समयसीमाभित्र संविधान बनाउन अहम् भूमिका निर्वाह गरें । संगठनमा काम गरेको र इमानदारीपूर्वक प्रतिबद्धता पूरा गरेका कारण पार्टीले विश्वास गरेर फेरि प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । आममतदाताको चाहनाबमोजिम यस क्षेत्रसहित समग्र स्याङ्जाको समृद्धिका लागि मेरो जीवन अर्पण गर्नेछु ।
संविधान बनाउने प्रतिबद्धतासहित संसद्मा पुगेको यस अवधिमा मैले कृषि, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र पर्यटन विकासमा सक्दो प्रयास गरें । केही महत्वपूर्ण सडकहरूको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भएर काम सुरु भएका छन् । शुभारम्भ भएका कामको पूर्ण कार्यान्वयनमा मन, तन र व्यक्तिगततर्फबाट सक्दो धनले समेत सहयोग पुर्याउनेछु ।
स्याङ्जामा प्रचुर सम्भावना रहेको कृषितर्फको सुन्तला, कफी, अदुवाको प्रवद्र्धन, नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउ“ सिरुबारीसहित पर्यटकीय सम्भावना भएका स्थानको पहिचान र विकास, पूर्वाधारतर्फ ग्रामीण सडकको स्तरोन्नति गरेर पक्की सडक, मोटरेबल पुल, ८३ प्रतिशत खानेपानी सुविधा पुगेको स्याङ्जालाई शतप्रतिशत पुर्याउने प्रयास र सरकारी तथा सामुदायिक भवन निर्माणमा प्रयत्न गर्छु । स्थायी भौतिक पूर्वाधार, दक्ष जनशक्ति तथा कृषिमा आधुनिक प्रविधिको प्रयोग गरेर रोजगारी सिर्जना गर्न सकिन्छ ।
राज्य पुनर्संरचनास“गै स्याङ्जा सदरमुकाममा देखिएको शून्यताले मलाई चिन्तित बनाएको छ । समयानुसार यसको विकासका लागि क्षेत्रीय स्तरमा केन्द्रीय यातायात कार्यालय र कर कार्यालय स्थापना गर्न सके त्यो शून्यताको अन्त्य हुने थियो, त्यसतर्फ म लाग्ने प्रतिबद्धता जनाउ“छु । सदरमुकामको स्थायी विकासका लागि गुडिखोलादेखि पोखराको छोरेपाटन जोड्ने सुरुङमार्ग निर्माणमा म अथाह प्रयत्न गर्नेछु । पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग र मुस्ताङ–लुम्बिनीबीच जोड्ने राजमार्ग र रेलमार्ग निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु ।

स्थानीय तहमा बजेट बढाए विकास सहज

नारायणप्रसाद मरासिनी
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, वाम गठबन्धन
स्याङ्जा क्षेत्र नं. १
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा झिनो मतान्तरले कांग्रेसका उम्मेदवारस“ग पराजित भए पनि संगठनमा निरन्तर खटेको र आमनागरिकको सेवामा आफूलाई समर्पित गरेका कारण पार्टीले पुनःविश्वास गरेर वाम गठबन्धनको उम्मेदवारी बनाएको छ । पार्टीको अपेक्षा र गठबन्धनको विश्वासलाई व्यवहारतः लागू गराउनका लागि चुनावी अभियानकै क्रममा छु । स्याङ्जाका आमनागरिकले मलाई विश्वास गर्छन् भन्ने अपेक्षा गरेको छु ।
समृद्ध नेपाल खुसी स्याङ्जा बनाउनका लागि स्थानीय तहमा बजेट बढाउनुपर्छ । स्थानीय स्तरबाटै विकासको थालनी गर्न सकिएन भने समृद्धि गफमा मात्र सीमिति हुन्छ । स्थानीय तहबाटै शिक्षा, स्वास्थ्य, रोजगारीलाई व्यवस्थित बनाउनका लागि मेरो उम्मेदवारी हो । केन्द्र सरकारको अनुदान, प्रदेशसभाको लगानी, वैदेशिक सहायता र स्थानीय स्तरमा संकलित राजस्वको समायोजनबाट विकासलाई तीव्रता दिन सकिन्छ ।
पर्यटन र कृषिमा अथाह सम्भावना भएको स्याङ्जामा कृषिको आधुनिकीकरण र पर्यटन विकासमा आपसी सहकार्यबाट परिणाममा पुग्न सकिन्छ । पर्यटनतर्फ लुम्बिनीको गौतम बुद्ध जन्मस्थलमा चिनिया“ पर्यटक र मुस्ताङको मुक्तिनाथमा भारतीय पर्यटक भित्र्यौनीसके आर्थिक उन्नति र रोजगारी सिर्जना गरेर ठूला भौतिक संरचना बनाउन सकिन्छ भन्ने विश्वास छ । भारत र चीनको जनसंख्यास“ग व्यापारिक दृष्टिकोण समायोजन गर्न सके हामी र हाम्रो देशलाई आवश्यक परेको विकास धेरै टाढा छैन ।
धेरै समय राजनीतिक संघर्षमा बिताउनुपरेका कारण आशातीत उपलब्धिहरू हात पार्न असहज भइरहेको सन्दर्भमा अहिले बनेको वाम गठबन्धनले नेपालको समृद्धि र नेपालीको खुसीका लागि हामी हरेक क्षेत्रको समुचित विकासमा एकत्रित भएका छौं । मलाई लाग्छ, अब बन्ने वाम गठबन्धनको सरकारले नेपालको द्रुत गतिमा विकास–निर्माणका काम सम्पन्न गर्नेछ । यस अभियानमा सामेल हुनका लागि चुनावी मैदानमा उत्रिएको छु ।

आत्मनिर्भर, निर्यातमुखी र समृद्ध स्याङ्जा

गोपालमान श्रेष्ठ
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस
स्याङ्जा क्षेत्र नं. २
पटक–पटक सरकारमा बसेको लामो अनुभवले स्याङ्जाको विकासमा मैले जे गरें त्यसमा आफूले उदाहरणीय विकास गरेको अनुभूति गरेको छु । केही महत्वपूर्ण पूर्वाधारहरू बनेका छन् र केही बन्ने क्रममा छन् । त्यसको पूर्णताका लागि पनि मेरो जित आवश्यकता छ ।
२०४८ सालदेखि नै निरन्तर स्याङ्जाको विकासमा खटिने थोरै नेतामध्ये म पनि एक हु“ । आ“धीखोला र ज्याग्दी खोलामा बनेको पुललाई अब उत्पादनस“ग जोडेर मोटरेबल पुल अभाव भएको कालीगण्डकीमा ठूला–ठूला पुल निर्माण गरेर स्याङ्जाको चापाकोट र पाल्पाको रामपुरलाई जोडेर त्यस क्षेत्रमा रहेका उत्पादनमूलक क्षेत्र (उर्वर जमिन) को उच्चतम उपयोग गर्दै स्याङ्जालाई बेमौसमी तरकारी, फलफूल र खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ । जनशक्तिलाई उत्पादनस“ग जोडेर सिर्जनशील कामबाट उत्पादित वस्तुलाई निर्यात गर्न सकिन्छ ।
नेपालकै ठूलो १ सय ४४ मेगावाटको जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ (२०४९-०५० बाट निर्माण सुरु भएर २०५९ मा सञ्चालनमा आएको) नेपाली कांग्रेसको सरकार बनेका बेला हाम्रै सक्रियतामा निर्माण भएको हो । अब आ“धीखोला हाई ड्याम विद्युत् परियोजना निर्माण गर्न सकेको खण्डमा जिल्लामा आवश्यक पर्ने रोजगारी सिर्जना गर्न सकिन्छ ।
जिल्लालाई मध्यमार्गबाट छिचोलेर २०२८ सालमा निर्माण भएको सिद्धार्थ राजमार्गबाट हामीले अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेका छैनौं । त्यस आसपास बनेका सडकको स्तरोन्नति गर्न सके स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य वस्तुलाई पोखरा र बुटवल निकासी गर्न सकेमात्रै आर्थिक स्तर ह्वात्तै बढ्छ । सिद्धार्थ राजमार्गको स्तरोन्नति गरेर पोखरा र लुम्बिनीलाई जोड्नका लागि कांग्रेसकै नेतृत्वमा सर्भे भएर लगानीको पर्खाइमा छ । त्यसको पूर्णता र समृद्ध स्याङ्जा बनाउन मैले उम्मेदवारी दिएको हु“ । वर्तमान अवस्थामा यथावत् रहेका सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, सञ्चार, शिक्षालाई स्तरोन्नति गरे मात्रै पनि विकासको गति तीव्र हुन्छ ।

सडक सञ्जाल, जलविद्युत् र रेलमार्ग आवश्यक

पद्मा अर्याल
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, वाम गठबन्धन
स्याङ्जा क्षेत्र नं. २
जिल्लामा अन्य राजनीतिक दलले महिला उम्मेदवार बनाउन नसकिरहेको अवस्थामा वाम गठबन्धनका तर्फबाट स्याङ्जाको प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेको छु । जीवनभर राजनीतिमार्फत नागरिकको सेवामा समर्पित बनेको महिलालाई आममतदाताले विश्वास गर्ने अपेक्षासहित चुनावी मैदानमा प्रचारको अन्तिम तयारीमा जुटेकी छु ।
नेपालको विकास, स्याङ्जाको खुसी र समृद्धिका लागि मेरो उम्मेदवारी हो । स्याङ्जाको कालीगण्डकी नदीमा विद्युत् उत्पादन, आ“धीखोला र ज्याग्दी खोला किनाराका खेतीयोग्य जमिनको सिँचाइ र उत्पादनस“ग जोडिन सके मात्रै विकासको आरम्भ हुन्छ । परम्परावादी कृषि प्रणालीलाई आधुनिकीकरण गर्न सके त्यसबाट शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्थालाई व्यवस्थित बनाउन सकिने आत्मविश्वासका साथ त्यी अपेक्षा पूरा गराउनेतर्फ म लागेकी छु ।
स्याङ्जा हरेक दृष्टिमा सम्भावना नै सम्भावना भएको जिल्ला हो । केरुङ–लुम्बिनी जोड्ने रेलमार्ग निर्माण गरेर स्याङ्जालाई व्यापारिक हब बनाउन सकिनेछ । आ“धीखोला, ज्याग्दी खोला र कालीगण्डकी करिडोरलाई त्रिदेशीय बनाउन सके नेपाल–चीन सिमाना केरुङबाट मुस्ताङ हुँदै स्याङ्जाबाट नवलपुर जोडेर सुस्ता पुग्न सके मात्रै कृषि, पर्यटन र पूर्वाधार विकासमा सहजता ल्याउनेतर्फ मेरो भूमिका रहनेमा विश्वास दिलाउन चाहन्छु ।
दक्ष जनशक्ति उत्पादनस“गै सिर्जनशील काममा जोड दिन सके कामको खोजीमा बिदेसिएका युवालाई स्वदेशभित्र राख्न मात्रै होइन, विदेशका दक्ष कामदार आयात गराएर नेपालको भौतिक पूर्वाधारमा नया“ युगको थालनी गर्न सकिन्छ । यहा“ लगानीको कुनै समस्या छैन, मात्र त्यसको योजना र परिकल्पनामा देखिएको कमजोरी हो । महिला तथा बालबालिकालाई राज्यका तर्फबाट संरक्षित र उत्प्रेरित गर्न सके मात्र त्यस वर्गमा देखिएका समस्या हल हुनेमा शंका रहँदैन ।

-Karobar Daily