उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्जामा बम विस्फोट

0
2529

स्याङ्जा, मंसिर १७ – स्याङ्जामा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी बम विस्फोट भएको छ । चुनाव प्रचार प्रसारमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ८ ढापुक पुग्नुभएका श्रेष्ठको गाडीलाई लक्षित गरी नचिनेका मानिसको समूहले विस्फोट गराएको श्रेष्ठका स्वकीय सचिव शिव संसार श्रेष्ठले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीको गाडी क्रस भइसकेको र श्रेष्ठको गाडी त्यस ठाँउमा आइनपुग्दै विस्फोट भएकाले कुनै क्षति नभएको श्रेष्ठले जानकारी दिनुभयो । विस्फोटपछि त्यस क्षेत्रमा सुरक्षाव्यवस्था कडा पारिएको छ । घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।-UjyaloOnline