नेपालमै पहिलो पटक स्याङ्जामा खुल्यो अत्याधुनिक बायोग्याँस पावर प्लान्ट

0
3011

कम्पनीका अनुसार ३ सय ३० किलोवाट क्षमताको बिद्युत उत्पादन गर्ने प्लान्ट दैनिक १५ टन अर्गानिक (जैबिक) मल उत्त्पादन गर्ने क्षमताको छ । एउटै प्लान्टबाट बायोग्याँस, बिद्युत, र मल उत्पादन गर्ने यो कम्पनी नेपालकै पहिलो भएको कम्पनीको भनाई छ ।

स्याङ्जा । नेपालमै पहिलो पटक स्याङ्जामा अत्याधुनिक बायोग्याँस पावर प्लान्ट संचालनमा आएको छ । दैनिक २ लाख अण्डा उत्पादन गर्दै आएको देशकै ठूलो खिलुङ् कालिका एग्रो फार्मको शाखा उद्योगको रुपमा जिल्लाको पुतलीबजार नगरपालिका ४ स्थित नागडाँडामा प्लान्ट संचालनमा आएको हो । प्लान्टबाट दैनिक १ हजार २ सय किलो बायोग्यास उत्पादन हुने बताइएको छ ।

तस्बिर: प्रकाश डोटेल

कम्पनीका अनुसार ३ सय ३० किलोवाट क्षमताको बिद्युत उत्पादन गर्ने प्लान्ट दैनिक १५ टन अर्गानिक (जैबिक) मल उत्त्पादन गर्ने क्षमताको छ । एउटै प्लान्टबाट बायोग्याँस, बिद्युत, र मल उत्पादन गर्ने यो कम्पनी  नेपालकै पहिलो भएको कम्पनीको भनाई छ । “देशका विभिन्न स्थानमा संचालित यस्ता प्लान्टबाट मल मात्रै उत्पादन हुदै आएको छ ।”

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले भने, एउटै प्लान्टबाट ३ थरिका वस्तु उत्पादन गर्ने हाम्रो कम्पनी अत्याधुनिक हो ।” झण्डै २० करोडको लगानीमा कम्पनी संचालनमा आएको उनले बताए । डेढ वर्ष अघि करिब ६० करोडको लगानीमा खोलिएको खिलुङ् कालिका एग्रो फार्मबाट दैनिक बाहिरीने १२ टन कुखुराको मल (सुली) मुख्य कच्चा पदार्थको श्रोत रहेको कम्पनीलाई ४ टन गाई भैसीको मल र दैनिक करिब २ टन जैबिक पदार्थको मिश्रणपछि ३ थरिका वस्तु उत्पादन हुन्छ ।

“आफ्नै कम्पनीमा कच्चा पदार्थको ठूलो हिस्सा उत्पादन हुने भएकाले ठूलो लगानीबाट सहायक उद्योग संचालन गरिएको हो ।” अधिकृत ढकालले भने, “उद्योगबाट उत्पादित बिद्युत कम्पनीभित्रै उपयोग हुन्छ,  बिद्युत आवश्यक नपरेका बेला ग्यास उत्पादन हुन्छ ।” कच्चा पदार्थको उच्चतम प्रयोगबाट बाहिरी ठोस पदार्थलाई मलमा परिणत गरेको ढकालले जानकारी दिए ।

बजारमा दैनिक रुपमा उपभोग गरिन एलपीजी ग्याँसको तुलनामा उद्योगबाट उत्पादन हुने सिएनजी ग्यास २० प्रतिशत बढि टिकाउ हुने कम्पनीले दाबी गरेको छ । सरकारको कृषि मन्त्रालयले तोकेको मापदण्ड अन्र्तगत रहेर मल उत्पादन गरिने कम्पनीले जानकारी दिएको छ । झण्डै ५० रोपनी जग्गामा स्थापना भएको उद्योग साविक खिलुङ्–देउराली गाविसका स्थानीय ७ जना व्यवसायीक परिवार र आफन्तले उद्योग संचालनमा ल्याएका हुन् ।

उद्योगले प्रत्यक्ष करिब ५० जना र अप्रत्यक्ष रुपमा २ दर्जन व्यवसायीलाई रोजगार दिन्छ । उद्योग संचालनमा ल्याएको परिवारको कृषि, बिद्युत, मेडिकल क्षेत्रमा ठूलो लगानी छ ।

उद्योगबाट उत्पादन हुने बायोग्याँस जर्मनी र चिनिया प्रबिधिमा मल तयार गरिने कम्पनीले जनाएको छ । इन्धनका लागि बाहिरी देशको भर पर्नुपर्ने हाम्रो मुलुक जस्ता देशलाई इन्धन व्यवस्थापन गर्न यस्ता कम्पनी सहयोगी बन्नेको स्थानीयको बुझाई छ ।

स्रोत : Darpan Sansar