जनता जीताउन आग्रह गर्दै पशुपति शर्मा र मञ्जु पौडेलको चुनावी गित सार्बजनिक (भिडियो सहित)

0
1759

Syangjaonline, चर्चित गायक पशुपति शर्मा र चर्चित गायिका मंजु पौडेलको आवाजमा चुनावी गित देश र जनताले जित्न पर्यो  सार्बजनिक भएको छ   ।

चुनाव आएसङै धेरै कलाकार विभिन्न पार्टीका गीत गाउँदै हिंडे, पार्टीको झोला बोकेर हिंडे, नेताको अगाडी पछाडि गरे तर, पशुपति शर्मा र मञ्जु पौडेल भने यो चुनावमा जनचेतना जगाउन, नेता र पार्टीलाई भन्दापनि जनतालाई जिताउन घरदैलो गरेका छन् ।

चेतनामुलक गीतमार्फत उनीहरू जनता जगाउन, राम्रो मान्छेले चुनाव जित्दा देशले जित्ने सन्देश दिन यो अभियानमा होमिएका हुन् । चुनावको मुखैमा निकालिएको यो गीतमा अब नेपालीको जीवन रोएर हैन हाँसेर बित्नुपर्ने र हाँसेर जीवन बित्नलाई जनताले नै जित्नुपर्ने बताइएको छ ।

पशुपति शर्माको सब्दसंगीतमा तयार पारिएको उक्त गीतमा पशुपति शर्मा र मञ्जु पौडेलले स्वरबद्व गरेका छन् भने दुर्गा पौडेलले छायाङ्कन गरेका छन्, बिएमएस फिल्म्सले बजारीकरण गरेको यो गीतमा गायक गायिका स्वयम्ले अभिनय पनि गरेका छन् ।

Source-OnlinePana