स्याङ्जाः वालिङ नगरपालिका क्षेत्र भित्रका आमा समूहहरूलाई उत्पादनशील बनाउन वालिङ नगरपालिकाले अभियान सुरु गरेको छ । नगरका १४ वटै वडाहरूमा रहेका आमा समूहहरूलाई विभिन्न सिपयुक्त तालिम प्रदान गरेर उत्पादनशील बनाउने अभियानलाई अगाडि बढाउन सुरु गरेको हो ।
नगरपालिका क्षेत्रभित्रका आमा समूहका अध्यक्ष र सचिवस“ग नगरपालिकाले अन्तक्र्रिया गरेर अभियानको सुरुवात गरेको छ । अन्तक्र्रियामा आमा समूहलाई कस्ताकस्ता उत्पादनशील तालिम प्रदान गर्दा आयआर्जनमा टेवा पुग्छ भन्ने निष्कर्ष निकालेर अभियान संचालन गर्न लागिएको हो ।
“वालिङलाई स्मार्ट सिटी बनाउने अभियानस“गै नगरभित्रका आमाहरूलाई आयश्रोत बलियो बनाउन यो अभियान अगाडि सारेका हौं ।” नगर उपप्रमुख कल्पना तिवारीले भनिन्, “आमाहरूको इच्छा पहिलो पटक कामको प्रकृति बुझने प्रयास गरेका छौं, कुन आमा समूहले कस्तो काम गर्न सक्छन् भन्ने इच्छाअनुसार नै तालिमको व्यवस्था गछौंं ।”
“सामाजिक क्षेत्रमा देखिएका कमीकमजोरीलाई कम गर्नमा आमा समूहले महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।” उपप्रमुख तिवारीले थपिन्, “यो शक्तिलाई उत्पादनस“ग जोड्न सकेमात्रै गाउ“, सहर ह“ुदै देशको आर्थिक वृद्धिदर बढाउन कोषेढुंगा सावित हुने थियो ।”
समूहमा आबद्ध आमाहरूको क्षमता र दक्षता पहिचान गरी सोही अनुसार सिपयुक्त तालिमको व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ । स्थानीय स्रोत र साधनको सदुपयोग गर्न सके खेर गएका वस्तुको समुचित उपयोग हुने नगरपालिकाले जोड दिएको छ । हालसम्म वालिङ नगरपालिका क्षेत्रभित्र २ सय १२ आमा समूह रहेको तथ्याङ्क छ ।
स्थानीय स्तरमा गठित समूहमार्फत पुँजी संकलन गरी निम्न आय भएका महिलाहरूको आर्थिक स्तर उकास्न सामूहिक जमानीमा लगानी गर्दै आएको समूहमा आबद्ध आमाहरूको भनाइ छ । नगरभित्रका समूहलाई माग र विशेषताका आधारमा तालिम गर्न सके स्मार्ट सिटीका महिलाहरू आर्थिक रूपमा बलियो हुनेमा नगरपालिका विश्वस्त छ ।
ग्रामीण क्षेत्रमा उत्पादित वस्तुको बजारीकरणमा समस्या देखिंदै आएको नगरपालिकाको बुझाइ छ । समूहमार्फत उत्पादन गरेको वस्तुलाई नगरपालिकाले पूर्ण रूपमा जिम्मा लिएर बजारीकरण गर्न सके उत्पादित वस्तु सहज रूपमा बिक्री हुनेमा नगरपालिका आशावादी छ ।
अभियानलाई आमा समूहहरूले राम्रो कदमका रूपमा लिएका छन् । गाउ टोल सरसफाइ गर्ने, सामुदायिक भवन निर्माण गर्ने, समूहमा आवश्यक पर्ने भाँडाकुँडा जोड्ने, बचत गर्ने बानीको विकास जस्ता सामान्य काममा अलमलिदै आएका आमालाई आयआर्जनको तालिम दिएर आर्थिक विकासमा जोड्नु सकारात्मक कार्य भएको उनीहरूको सामूहिक भनाइ छ । -Karobar Daily