वालिङ छिट्टै पिन्क सिटी (Pink City) हुने

0
3293

वालिङ छिट्टै पिन्क सिटी हुने ,असार ३० को वालिङ नगरपरिषद को भेला ले वालिङ लाई पिन्क कलर (गुलाफी रङ)  को शहर मा रुपन्तरण गर्ने निर्णय गरेको छ। अब वालिङ का घरहरु पिन्क रङ ले पोतिने छ। नगरपालिका ले रङ मा ५०% छुट दिने पनि निर्णय गरेको छ। यो योजना वालिङ नगर भित्र मात्र लागु हुने पनि नगरपालिका ले निर्णय गरेकोछ।

वार्ड न. १ र १० यो योजना परेका छन ,भने वार्ड न. ४ चाही सुन्तला रङले रङिने भएकोछ।यो निर्णय ग्रामिण भेग मा लागु हुने छैन ।

वालिङ नगरपालिका का मेयर दिलिप खाण का अनुसार पिन्क रङ (गुलाफी रङ) शान्ती र माया को प्रतिक भएको कारण ले वालिङ लाई पिन्क रङ ले रङगाउने निर्णय भएको हो।

सन् २०२० मा स्वोरेक मा हुने प्याराग्लिइडिङ विस्वकप मा आउने ग्लाइडर ले पिन्क शहर देख्न पाउन भनेर पनि यो निर्णय गरिएको वालिङ न. पा. १ का वार्ड अध्यक्ष केदार काफ्ले ले भन्नुभयो ।

अब “वालिङ पिन्क-Waling Pink” नाम भएको रङ उत्पादनगर्नको लागि रङ उत्पादक सँग समझदारी भयको वालिङ निर्माण समाग्री बिक्रेता तिल प्रसाद गैह्रे ले भन्नुभयो।

यो समाचार रिपब्लिका मा प्रकाशित छ।
स्रोत : MyRepublica