गुराँस लाइफ इन्स्योरेन्सको स्याङ्गजाको शाखा वालिङ्गमा बिस्तार

0
1577

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले स्याङ्गजा जिल्लाको वालिङ्गमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले वालिङ्गमा स्थानमा एक्सटेन्सन काउन्टरको रूपमा सेवा दिन थालेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद दाहालले वालिङ्ग शाखा कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीले भाद्र २८ गतेदेखि गोरखाको सदरमुकाममा तथा भाद्र ३० गते स्याङ्गजा जिल्लाको वालिङ्गमा विस्तारित शाखा खालेको कम्पनीले जनाएको छ ।

शाखा उद्घाटनको सँगै गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाको महत्व बारे समेत प्रकाश पारेको छ । कम्पनीले अन्य स्थानमा पनि शाखा कार्यालयहरू विस्तार गरी जीवन बीमाको सेवा देशभर सबै वर्गका जनताको पहुँच पुग्ने गरी सेवा विस्तार गर्दे उद्देश्य लिएको जनाएकाे छ ।