एनआरएनए र संस्थाहरु धुर्वीकृत भन्ने समाचार प्रति स्याङ्गजा सहयोग समाज युएईको ध्यानाकर्षण भएको जनाएको छ।
नमस्ते जय स्यांगजा !!!
बिषय : गम्भीर ध्यान आकर्षण भएको सम्बन्धमा !
उपरोक्त सम्बन्धमा पोष्टपाटी नामको अनलाइन समाचारमा प्रकाशित एक समाचार अनुसार ( यतिबेला ५२ क्रियाशिल संस्थाहरु एकातिर र एनआरएनए युएई अर्को तिर धुर्वीकृत भएर बसेको छ ) भन्ने समाचार प्रति स्याङ्गजा सहयोग समाजको गम्भीर ध्यानाकर्षण भएको छ, स्याङ्गजा सहयोग समाज सबै सामु स्पष्ट पार्न चाहन्छ कि युएईमा क्रियाशील सबै संघ सस्था संग उत्तिकै सुमधुर सम्बन्ध राख्न चाहन्छ र राखी रहने छ, मानवीय सेवा र सामाजिक कार्यको निमित्त उठ्ने हरेक हातहरु संग स्याङ्गजा सहयोग समाजले हातेमालो गर्दै आएको छ र गरिरहने छ, बिगतमा हामीले बिभिन्न सामाजिक कार्यको लागि गर्दै आएको सहकार्य पनि केवल मानवीय सेवा र सामाजिक कार्य हेतु थियो र त्यसलाई अन्य अर्थ लाग्ने गरि कहिँ कतै बाट ब्याख्या नहोस भन्ने चाहाना स्याङ्गजा सहयोग समाजको रहेको छ, हामी प्रदेशमा रहेर यहाँ स्थित नेपालि, हाम्रो जिल्ला बासि संग संगै आफ्नो जन्म भुमि प्रति पनि केहि सामाजिक दाईत्व पुरा गर्ने हेतुले स्थापित सामाजिक सस्था भएको हुदा हाम्रो सबै संग उत्तिकै सौहार्द पूर्ण सम्बन्ध बनि रहोस भन्ने नै हाम्रो चाहाना हो ।
धन्यबाद ।
स्याङ्गजा सहयोग समाज युएई ।