स्याङ्जाको वालिङमा ब्यवसायिक फुल खेति सुरु वालिङ लाई फुलैफुलको शहर बनाउने प्रतिबद्धता

0
2040

प्रकाश डुम्रे/वालिङ

स्याङ्जाको वालिङमा व्यवसायिक फुल खेति सुरु गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका ९ मा झण्डै १२ रोपनी क्षेत्रफलमा सो फुलखेति सुरु गरिएको हो ।

गैरे फलावरको नाममा सञ्चालन गरिएको सो ब्यवसायिक फुल खेतिको दुई जना युवाहरुले सञ्चालन गरेका हुन सोहि ठाउका स्थानीय युवाहरु अातिस गैरे र प्रकाश डुम्रेले

१२ रोपनिमा जग्गामा ब्यबसायिक फुल खेति सुरु गरेसगै स्याङ्जाको बालिङलाई फुलैफुलको शहरको रुपमा चिनाउने सञ्चालक प्रकाश डुम्रेले बताए ।

उनले भारतिय फुलले नेपालि बजार कब्जा गर्दा स्थानीय बजारलाई समस्या भएको बताए ।

उनले सरकारको व्यबसायिक फुलखेति प्रति स्पष्ट दृष्टिकोण नहुदा पनि अाफुहरुलाई समस्या परेको बताए ।

गत बैशाख देखि सुरु गरिएको गैरे फ्लावरले अहिले झन्डै १५०० फुलको बिरुवा लगाएको थियोे ।

एउटा फुलको बोट बाट झन्डै ८ देखि १० वटा सम्म माला तयार हुने र प्रति माला ५० रुपियामा बेचिने ब्यवसायि डुम्रेले बताए ।उनले गत साल देखि थप क्षेत्रफल जग्गा खरिद गरेर झन्डै ३० हजार बिरुवा लगाउने बताए ।

अाफ्नै ठाउमा फुल उत्पादन भएपछि स्थानिय बजारमा उत्साह छाएको छ भने नजिकै अाएको दशै तिहारले फुलको बजारमा थप हौसला थप्ने बिश्वास सञ्चालकले लिएका छन ।-Nkhabar