राम्दी पुल जीर्ण भएपछि सीमानामै रोकिए ठूला गाडी

0
3012

भाद्र १०, २०७४   सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङजा र पाल्पाको सीमानामा पर्ने कालीगण्डकी नदीको मोटरेबल पुल जीर्ण भएपछि सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले ठूला सवारी साधनलाई सीमानामा नै रोक लगाएको छ । पुल जीर्ण अवस्थामा पुगिसक्दा समेत सम्बन्धित निकायले ध्यान नदिंदा जोखिम थपिएपछि प्रशासन कार्यालयले विगत दुई वर्ष देखि नै ठूला गाडी ओहोरदोहोरमा रोक लगाउने निर्णय गरेपनि कार्यान्यन हुन सकेको छैन् ।

जीर्ण पुलको वैकल्पिक उपाय नहुंदा जोखिन मोल्दै सवारी साधन आवतजावत हुने गरेको छ । वर्षातको पहिरोका कारण मुग्लिङ–नारायणगढ र नवलपरासीस्थित दाउनेको सडकखण्ड अवरुद्ध भएपछि पोखरा–काठमाण्डौ चल्ने ठूला सवारी साधनहरु पनि यही बाटो हँुदै जाने गरेका छन् ।

प्रशासन कार्यालयले जीर्ण पुललाई ध्यान राखेर १५ टन भन्दा बढी क्षमता भएका सवारी साधनलाई आउजाउमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय स्याङ्जा र पाल्पाको समन्वयमा भैरहवा जिल्ला प्रशासन कार्यालयसंग सहकार्य गरी भैरहवा, सुनौली र पाल्पा देखि नै ठूला सवारीहरु आउन रोक लगाउने निर्णय बमोजिम प्रहरी परिचालन गरिएको सुवेदीले जानकारी दिनुभयो ।