आँधीखोला लघुवित्तले छाङछाङदी मा गर्यो बृक्षारोपण

0
2225

आँधीखोला लघुवित्तले स्याङजाको भीरकोट–४ मा रहेको छाङछाङदी मन्दिर परिसरमा बृक्षारोपण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत मन्दिर परिसरमा रुद्राक्ष तथा असोका जातका विरूवाको बृक्षारोपण गरेको हो ।

आँधीखोला लघुवित्त नेपाल राष्ट्र बैंकबाट कारोवार गर्न स्वीकृत प्राप्त  दश जिल्ला कार्य क्षेत्र रहेको संस्था हो । हाल ८ जिल्लामा ११ शाखा कार्यालय संचालन गरि ४ हजारभन्दा बढी सदस्यहरुमा ११ करोड भन्दा बढी कर्जा लगानी रहेको संस्थाले जनाएको छ । लघुवित्तको चुक्ता पूँजी एक करोड ९२ लाख रुपैंया चुक्ता पुँजी रहेको छ ।