“स्याङ्जा सहयोग समाज युएई द्वारा बाढि पिडितलाई सहयोग अभियान शुरु”

0
3283
स्याङ्जा सहयोग समाज युएइ

श्रवाण ३०,काठमाण्डौ – नेपालका केही जिल्लामा केहिदिन देखि भइ रहेको अविरल वर्षा का कारण आएको बाढी पहिरो आदिले जनजीवन् हर क्षण अझ कष्टकर बनिरहेको सर्वबिदितै छ।

स्याङ्जा सहयोग समाज युएइ

एस् दु:खद क्षणमा पिडित हरुको जिउ धनको सुरक्षा होस भनी हामी कामना गर्दै र दुखमा परेकाहरुलाई केही राहत होस भन्ने मनसायले स्याङ्जा सहयोग समाज युएईले केही आर्थिक जम्मा गरी पिडितहरुलाई पठाउने निर्णय गरेको छ ।

स्याङ्जा सहयोग समाज बाढी पिडित सहयोग अभियान भनेर नाम दिई ग्रुप बनाईएको र हिजो देखि आज सम्ममा केही रकम जम्मा भैइसकेको तथा जम्मा हुने क्रम जारी रहेको जानकारी संस्थाका कोषाध्यक्ष दिल्लिराज न्यौपाने ले दिनुभयो । साथै छिटो भन्दा छिटो आर्थिक जम्मा गरि उक्त सहयोग रकम छिटो सम्बन्धित स्थामा पुर्याईने छ भनि संस्थाका महासचिव ओमकार पोख्रेल ले जानकारी दिनु भयो।

युएई को विभिन्न स्थानमा रहनु भएका सम्पुर्ण स्याङ्जालि मनहरुले हिजोका दिनमा पनि सहयोग गर्दै आउनु भएको तथा आगामी दिनमा पनि सहयोग गर्न पछि नपर्ने बताउदै अहिले तत्कालिन बाढिपिडितलाइ सहयोग गर्ने हेतुले स्यांगजा सहयोग समाज युएइले पनी राहत संकलन सुरु गरेको छ ।-Kamana News

श्रवाण ३०, २०७४ मा प्रकाशित