ट्रक दुर्घटनामा दुईको मृत्यु
श्रावण २७, २०७४- सिद्धार्थ राजमार्गको राम्दी–गल्याङ् खण्डमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । पोखराबाट बुटवल जाँदै गरेको ना ३ ख ५५४६ नम्बरको ट्रक गल्याङ् नगरपालिका, मालुङ्गामा भएको दुर्घटनामा वालिङ नगरपालिका-१४ की ७६ वर्षीया जानकी थापा र ७५ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर
घाइते तीन जनाको पाल्पा प्रभासस्थित लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको छ । चालक मकवानपुर, दामनका ५१ वर्षीय भुवन कार्की, वालिङ् -१४ का कोषबहादुर थापा र वालिङ्, ९ का ६६ वर्षिय भोजप्रसाद तिवारीको मेडिकल कलेजमा उपचार भइरहेको डा सुरज अधिकारीले बताए । घाइतेको अवस्था सामान्य रहेको छ । राम्दी प्रहरी चौकीका अनुसार दुर्घटनाग्रस्त ट्रक सिद्दार्थ राजमार्गबाट झण्डै ३ सयमिटर तल भीरमा अड्किएको छ ।-Kantipur