छक्का पञ्जा २ को गीत रिलिज, यसरी जिस्काईन् वर्षाले जितुलाई ।

0
3475

काठमाडौँ, ६ साउन ।  सर्बाधिक आशा गरिएको चलचित्र छक्का पञ्जा २ को गीत सार्बजनिक भएको छ। ६ एकान ६ र छक्का पञ्जाको अपार सफलतासँगै हाँस्य कलाकारहरुले छक्का पञ्जा २ निर्माण गरेका हुन्। आमा सरस्वती गितादेवी फिल्मस्को ब्यानरमा बनेको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । उनले अघिल्लो चलचित्र ‘छक्का पञ्जा’को पनि निर्देशन गरेकी थिइन्।

चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, किरण केसी, प्रियंका कार्की, वर्षा राउतसँगै स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको अभिनय रहनेछ । जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई , सुमन गिरी ‘भान्जा’को लगानी रहेको फिल्ममा विकास आचार्य र सामीप्यराज तिमल्सेनाको कथा, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको पटकथा तथा संवाद, रोशन श्रेष्ठको द्वन्द्व र दीर्घ गुरुङको छायांकन रहेको छ।

सार्बजनिक गीतमा भने जितु नेपाल, केदार घिमिरे, वर्षा रावल र स्वस्तिमाको अभिनय देख्न सकिन्छ।