विपन्न परिवारलाई स्याङ्गजा सहयोग समाज अबुधावी क्षेत्रको आर्थिक सहयोग ।

0
2531

स्याङ्गजा सहयोग समाज युएई अबुधावी क्षेत्रिय समितिले स्याङ्गजा जिल्लाका अतिविपन्न, असाह्य, अपाङ्ग लागयत १० परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
जिल्लाको पुतली बजार ४ निवासी आयुस परियार, वालिङ्ग १४ भंगिनीका भिमलाल डुम्रे, पुतली बजार ७ निवासी नुवाई कुमारी तिमिल्सिना, कालीगण्डकी गाँउपालिका ५ बाँसटारी निवासी कुलादेवी न्यौपाने, कालीगण्डकी गाँउपालिका ५ बाँसटारी निवासी दुर्गा देवी पाण्डे, फेदीखोला गाँउपालिका ३ का डिल कुमारी वि क, फेदीखोला गाँउपालिका ३ का पदमा कुमारी घर्ति, गल्याङ्ग ७ पट्काङ निवासी कल्पना अधिकारी, पिढिखोला निवासी नरिमाया सिंजाली मगरको परिवार गरि ९ परिवार लाई पाँच हजार प्रत्येक परिवारका दरले अवुधावी क्षेत्रिय समितिका पुर्व अध्यक्ष कमल शर्माको सहभागीमा हस्तान्तरण गरिएको छ।
साथै स्याङ्गजा सहयोग समाज युएईको केन्द्रिय कार्यसमिति र अबुधावी क्षेत्रिय समितिको पहलमा पुतली बजार ५ निवासी क्यान्सर पिडित सुन कुमारी कार्कीलाई उपचार सहयोग रुपैयाँ बिस हजार हस्तान्तरण पनि गरिएको छ ।
स्याङ्गजा सहयोग समाज युएई अबुधावी क्षेत्रिय समितिले केही समय पहिले देखी जिल्लाका विभिन्न ठाँउबाट अपाङ्ग, अशक्त, विपन्न, एकल, बृद्धा परिवारको तथ्यांक संकलन गरेर अहिले पहिलो चरण अन्र्तगत १० परिवारलाई आर्थिक सहयोग गरिएको स्याङ्गजा सहयोग समाज युएईका बुद्धिजिवि विभाग सदस्य सोबित बहादुर थापाले जानकारी गराए । साथै आगामी दिनहरुमा पनि यो अभियान लाई निरन्तरता दिइने उनले जानकारी दिए ।-Mophasal.com, स्याङ्गजा सहयोग समाज अबुधावी