स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एम्बुलेन्स सेवाको लागि आर्थिक संकलन अभियान कार्यक्रम शुरु गरिदै।

प्रदेश भूमिमा रहेर पनि आफ्नो ठाउँको लागि केही गरौ भन्ने मनसाय बोकेर २०१४ सालमा स्थापना भएको यो समाज कुवेतमा रहेका विभिन्न क्रियाशिल समाज मध्य एक हो।स्थापना कालदेखि नै यहाँको गैर आवसिय संघ, समाज र संगठन सँग हातेमालो गर्दै देशमा परेको विनाशकारी दैवीप्रकोप आगोलागी, भूकम्प जस्ता आपतकालीन समयमा पनि आर्थिक सहयोग गर्दै आइरहेको छौं।
११६४ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको हाम्रो स्याङ्जा जिल्ला नेपालको मध्य पश्चिम भागमा पर्दछ।जसमा ५ नगरपालिका र ६ गाउँपालिकामा वर्गीकरण गरिएको छ।स्याङ्जा सहयोग समाज कुवेतले भौगोलिक दृष्टिकोणको आधारमा विषेश गरेर ग्रामीण ईलाका लाई विशेष टेवा पुगोस् भन्ने हेतुले २ वटा एम्बुलेन्स सेवा हस्तान्तरण गर्ने भएको छ। पहाडी मुलुक साथै ग्रामीण बस्तीमा बस्नु भएको स्याङ्जा बासीहरुले बिरामी हुँदा समयमा नै अस्पताल पुग्न सकोस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा संञ्चालन गर्न लागेको हो।
समाज सँग एउटा एम्बुलेन्स किन्ने रकम कोषमा भए पनि २ वटा एम्बुलेन्स अपरिहार्य भएको हुँदा आर्थिक संकलन अभियान शुरु गर्न लागेको जानकारी पनि गर्दछौं।कुवेतमा रहनु भएका स्याङ्जा बासीहरुको मनसाय लाई विशेष मध्यनजर राख्दै नेपाल बाट ख्यातिप्राप्त कलाकारहरु लाई निमन्त्रणा गरि एम्बुलेन्स आर्थिक सहयोग अभियान कार्यक्रम गर्न लागेको जानकारी समेत गर्दछौं।सहयोगी दाताहरुको नाम शिलालेखमा समेत कोर्न छौं।कति धनराशिको सहयोगी दाता लाई शिलालेखमा राखिने कुरो चाहिँ निर्धारण गरिएको छैन।
देश विदेशमा रहनु भएका समाजसेवी,बुद्धिजीवी ,कलाकार, खेलाडी साथै कुवेतमा रहेका गैर आवसिय संघ,समाज साथै समाजसेवी,बुद्धिजीवी,कलाकार,खेलाडी साथै कुवेतमा रहनु भएका समस्त स्याङ्जा बासीहरुमा आफ्नो आफ्नो तवर बाट सहयोग गरिदिन हुनको लागि अनुरोध गर्दछौं।
विशेष जानकारी लागि :-
१) श्री बि बि मल्ल ठकुरी
संरक्षक
स्याङ्जा सहयोग समाज कुवेत
मोबाइल नंम्बर:-९६५:-९६९८१०६२
२) श्री शिव कोइराला
अध्यक्ष
स्याङ्जा सहयोग समाज कुवेत
मोबाइल नंम्बर:- ९६५:- ५०४३५३२५
३) श्री श्रवण कुमार गाहा मगर
महासचिव
स्याङ्जा सहयोग समाज कुवेत
मोबाइल नंम्बर:-९६५:-६७६७८३६८
स्रोत:- स्याङ्जा सहयोग समाज कुवेत।