एएफसी एसियन कप २०१९को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेलमा नेपालले घरेलु मैदानमा यमनको सामना गर्दै छ ।

टिकट कसरि खरिद गर्ने ?
इसेवाले शनिबार १० बजे देखि टिकट बेच्न सुरु गरेको थियो। अझै पनि केहि मात्रामा टिकट बाँकी रहेको जानकारी सम्बन्धित पक्षले दिएको छ। रु. १ हजारको दरले ७०० थान टिकट बेचिने एन्फाले यसअघिनै जानकारी दिएको थियो।
टिकट किन्नका लागि इसेवा खाता हुने समर्थकले football.esewa.com.npमा गएर आफैं खरिद गर्न सकिनेछ भने इसेवा नभएका समर्थकले नजिकैको इसेवा एजेन्टमार्फत टिकट खरिद गर्न सक्नेछन्। काठमाडौँभरि इसेवाका ५ हजार एजेन्ट रहेको इसेवाले बताएको छ।
टिकट खरिद गर्नेले मैदानमा आउँदा अनिवार्य रुपमा आफ्नो परिचयपत्र बोक्नुपर्ने पनि उल्लेख गरिएको छ।
अन्य जानकारी
खेल समय : नेपाली समय दिउँसो ३ बजे , १३ जुन मंगलबार
खेल मैदान : हल्चोक स्थित एपीएफ रंगशाला
टिकट दर : १००० ( ७०० टिकट मात्र बिक्रि गरिने )
लाइभ कसरि हेर्ने ? : एपी वन (AP1) एच डी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने
अनलाइन कसरि हेर्ने ? : एपी वन एच डी युटुबमा हेर्न सकिने












![१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]](https://syangjaonline.com/wp-content/uploads/2018/05/finance-2952018125746-1000x0-218x150.jpg)
































