गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनवाट वालिङ् नगरपालिकाको नगर प्रमुख र उप प्रमुखले समृद्ध वालिङका लागी देखेका सपना ,योजना र परिकल्पना सहितका केही सुपर भिजनहरु …एक कार्यक्रममा नगरवासीलाई सुनाउदै ।
- नगर भित्र विकासको संभावना अतिनै छ,सवै नगरवासीको सहकार्य र सल्लाहा ,सुझाव अनुरुप नगरलाई समृद्ध वनाउदै जाने,
- विभिन्न किसीमका उद्योग संचालनका लागी वातावरण सिर्जना गर्दै पे्रणा प्रदान गर्दै सम्भाव्यताको अध्ययन गर्ने,
- नगरलाई स्मार्ट सिटी र स्मार्ट भिलेज वनाउने,
- शिक्षा,खानेपानी ,कृर्षि,यातायात,विद्युत, स्वास्थय क्षेत्रमा क्रमै संग विकास निमार्णको काम गर्ने,
- कुनै एक गाउलाई एकै प्रकारका आवासहरु निर्माण गरी नमूना वस्ती वनाई पर्यटकहरु भित्र्याउने ,
- वालिङ्मा भएका घरहरुमा गमलामा गुलाफ राखी गुलाफी सहर वनाउने ,
- यही श्रावण १ गते वाट लागु हुने गरी आगामी २ वर्ष भित्र वालिङमा निमार्ण भएका घरहरुमा एकै किसिमको गुलाफी रङ् लगाउनु पर्ने निति वनाउने,
- वालिङ् नगरपालिकाका प्रत्येक वाडमा फ्रि वाईफाई लागू गर्दै सूचना प्रविधिलाई अगाडी वढाउने,
- प्रत्येक वाडलाई उद्यमी गाउको रुपमा परिणत गर्ने,
- जनताले चाहेको सिपमूलक तालिम जनताकै आगनमा गएर दिने,
- गाउले उत्पादन गर्न चाहेको वस्तु उत्पादनका लागी प्रेणा प्रदान गर्ने,
- वाडहरुमा भएका आमा समूह र अन्य संघ सस्थाले उपलब्धी मूलक काम नगरे वढी कर लगाउने,
- गाउमा केही काम नगरी खाली वस्ने जनशक्त्तिलाई कार्वाही गर्ने,
- गाँऊ फर्क अभियान थालनी गर्ने,
- होमस्टेहरुलाई प्रवद्धन गर्ने,
- गाँउकै विद्धालयमा स्तरीय शिक्षा प्रदान गर्ने यदी नगरे खारेजी गर्ने,
- विद्यार्थीले आफूलाई मन पर्ने विद्धालयमा अध्ययन गर्न पाउने व्यवस्था लागू गर्ने,
- यदी विद्धालयले स्तरीय शिक्षा प्रदान नगरेको खण्डमा शिक्षकले पाउने तलव विद्यार्थीलाई दिने प्रवन्ध मिलाउने,
- डिपीआर तयार पार्ने ४ जना ईन्जिनीयर थप गर्ने,
- स्रोतको खोजी गरी वानपामा करोडौँ रकम भित्र्याउने,
- भुकम्प पिडित जुन रातो कार्ड प्राप्त गर्ने ७२९ जनालाई घरको नक्शा फ्री उपलब्ध गराउने,
- भुकम्पमा भत्कीएका घरहरुलाई सम्झौता भए अनुरुप भुकम्प पिडितले वाड कार्यालय वाटनै रकम भुक्तानी पाउने,
- उप प्रमुखको संमयोज्कत्वमा वनेको ४ सदस्य समितिले विकास निमार्ण भए गरेका योजना र कामहरुको अनुगमन गरे पश्चात वाँकी रहेको भुक्तानी दिने व्यव्स्था लागू गर्ने,
- सम्पूर्ण नव निर्वाचित जन प्रतिनिधिहरुले सेवकको रुपमा जनताको माझमा रहेर जनताले गरेको आपेक्षा भन्दा पनि वढी काम गरी देखाउने र पाँच वर्ष पछि अरु साथीहरुलाई हस्तान्तरण गर्ने
स्रोत : Mahat Sharan Yashib