आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट र स्थानीय तहका लागि २ खर्ब २५ अर्ब रुपैयाँ

0
1770

काठमाडौँ: सरकाले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ।

सरकारले स्थानीय तहका लागि आकर्षक बजेट विनियोजन गरेको छ। सोमबार स‌ंसदमा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको बजेटमा यतिका रकम स्थानीय तहलाई छुट्याइको जानकारी दिएका हुन् ।

अर्थमन्त्री महरका अनुसार स्थानीय तहका लागि निशर्त अनुदानतर्फ- एक खर्ब ४५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी स्थानीय तहलाई सशर्त अनुदानतर्फ ७५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । अर्थमन्त्रीका अनुसार निशर्त र सशर्त अनुदानसहित देशका ७४४ स्थानीय तहका लागि २ अर्ब २५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ ।