पोखरा,जेठ ८ –पोखराको इन्जिनियरिङ अध्ययन संस्थान,पश्चिमाञ्चल क्याम्पस लामाचौरमा गठित स्याङ्जा सम्पर्क समाज र पोखरामा बिगत देखि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको युवाहरुको फेसबुक समूह वि आर वान,सोच फउन्डेसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेकोे थियो ।


स्थानिय निर्वाचन-२०७४ को लहरको कारण पोखरामा रक्तदान कार्यक्रम नभएपछी भएको रगतको अभाबलाइ मध्यनजर गर्दै इन्जिनियरिङ अध्ययन संस्थान,पश्चिमाञ्चल क्याम्पस लामाचौरमा भएको रक्तदानमा बिद्यार्थी लगायत अन्य स्थानिय सक्रिय रुपमा सहभागी भए।
कार्यक्रम क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख ध्रुबमणी लामिछाने र पश्चिमाञ्चल क्याम्पस प्रमुख रामप्रसाद पौडेलले संयुक्त रुपमा प्रथम रक्तदाता आशिष शर्मालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिएको थियोे ।
Source:-स्याङ्जा सम्पर्क समाज,इन्जिनियरिङ अध्ययन संस्थान,पश्चिमाञ्चल क्याम्पस लामाचौर , RecentNepal












![१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]](https://syangjaonline.com/wp-content/uploads/2018/05/finance-2952018125746-1000x0-218x150.jpg)


































