युटयुबमा चुनावी गीत

0
1926

वैशाख २१, २०७४- प्रजातान्त्रिक मुलुकमा चुनावको महत्त्व नहुने कुरै भएन । हामीकहाँ हुन लागेको स्थानीय तहको निर्वाचनले अझ ठूलो अर्थ राख्छ । झन्डै बीस वर्षपछि स्थानीय तहको चुनाव हुँदै छ । यत्तिका समयपछि नागरिकले आफ्ना प्रतिनिधि छान्ने अवसर पाउँदै छन् । जेठ ३१ लाई लक्ष्य गरी गाउँ सहरमा माहोल बढदै छ ।

“चुनावजस्ता राजनीतिक अवसर वा घटनाको प्रचारप्रसारमा गीतसंगीत मानिन्छन् बलियो हतियार ।”

रेखा थापा, करिश्मा मानन्धर, कोमल वलीजस्ता चिनिएका कलाकर्मीले यसअघि नै पार्टी प्रवेश गरिसकेका छन् भने चुनावलाई नै केन्द्रमा राखी यतिबेला विभिन्न दल, तिनका कार्यकर्ता र अन्य कलाकर्मीले सांस्कृतिक गतिविधि सुरु गरेका छन् । यति बेला युटयुबमा पार्टीपिच्छेका गीत भेटिन थालेको छ ।