स्याङ्जा: वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि स्याङ्जाका ५ नगरपालिका र ६ गाउपालिकामा उम्मेदद्वारी दर्ता भएका छन् । विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले गाउपालिका र नगरपालिकाका सबै तहमा मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसकातर्फबाट पुतलीबजार नगरपालिकाको मेयरमा तुलसीराम रेग्मी र उपमेयरमा हिरादेवी शर्मा, नेकपा एमालेले सीमाकुमारी क्षेत्री र महेश पुरी , माओवादी केन्द्रले दुर्गानारायण ढकाल र इश्वरी अर्याल अमृता, राप्रपाले पूर्णकुमारी गुरुङ र हिक्मतजंग कार्कीले मनोनयन गर्नुभएको हो।
यसैगरी, नेकपा संयुक्तबाट प्रमुखमा बिष्णुमाया सुवेदी, राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा गेमबहादुर हमाल र नयां शक्ति नेपालबाट प्रमुखमा पमनारायण अर्यालले मनोनयन गर्नुभएको हो। वालिङ, नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा दिलिपप्रताप खाँण, उपमेयरमा कल्पना तिवारी, नेकपा एमालेबाट मेयरमा पुण्यप्रसाद अर्याल, उपमेयरमा खगिसरा थापा, माओवादी केन्द्रबाट मेयरमा हुमबहादुर गुरुङ र उपमेयरमा नेत्रकुमारी भट्टराईको मनोनयन परेको छ।
राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रेको उमेद्वारी परेको छ भने नयाँशक्ति र संघीय समाजवादी फोरमको समर्थनमा स्वतन्त्रबाट उदय श्रेष्ठको उमेद्वारी मेयरमा परेको छ भने उपमेयरमा दिपा भुसाल छन्। नेकपा एमालेका जिल्ला उपाध्यक्ष समेत रहनु भएका श्रेष्ठले संघिय समाजवादी फोरम र नयाँ शक्ति पाटी सगँ मिलेर स्वतन्त्र उमेदवारी दर्ता गराउनु भएको हो। त्यस्तैगरी राप्रपाबाट मेयरमा छमकला कुँवर र उपमेयरमा द्रोणबहादुर गुरुङको उमेद्वारी परेको छ।
भीरकोट नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा छायाराम खनाल, उपमेयरमा सीमा कर्माचार्य, नेकपा एमालेबाट मेयरमा सन्तोष केसी, उपमेयरमा सरस्वती अधिकारी, माओवादी केन्द्रबाट मेयरमा चन्द्रबहादुर रोका र उपमेयरमा जमुना अर्यालले दर्ता गराएका छन्।
चापाकोट नगरपालिकामा काँग्रेसबाट मेयरमा शिवकुमार गिरी, उपमेयरमा बिमला श्रेष्ठ, नेकपा एमालेबाट मेयरमा बुद्धिमान श्रेष्ठ र उपमेयरमा सरस्वति भट्टराई, माओवादी केन्द्रबाट मेयरमा हरि भट्टराई र उपमेयरमा सुकमाया नेपालीले दर्ता गराउनु भएको हो।
गल्याङ नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा लालगोपाल अर्याल, उपमेयरमा खगिसरा भण्डारी, नेकपा एमालेबाट मेयरमा भुपराज अधिकारी, उपमेयरमा देवीसरा थापा, माओवादी केन्द्रबाट मेयरमा लोकेन्द्र थापा र उपमेयरमा रिता खनालको मनोनयन परेको छ।
फेदिखोला गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा तारापति सुवेदी र उपाध्यक्षमा खेममाया पनेरु, नेकपा एमालेबाट अध्यक्षमा घनश्याम सुवेदी र उपाध्यक्षमा देवी थापा क्षेत्री, माओवादीबाट लक्ष्मी पौडेल अध्यक्षमा र उपाध्यक्षमा नन्दकुमारी गुरुङ्को उमेदवारी परेको छ।
आँधीखोला गाँउपालिकामा काँग्रेसबाट प्रदिप पौडेल अध्यक्षमा र उपाध्यक्षमा गीता चापागाँई, एमालेबाट अध्यक्षमा सुधीरकुमार पौडेल, उपाध्यक्षमा शर्मिला पौडेल, माओवादी केन्द्रबाट कल्पना कार्की र उपाध्यक्षमा नरेन्द्र पौडेल रहेका छन्।
विरुवा गाउँपालिकामा नेपाली काँग्रेसबाट चौबहादुर गुरुङ अध्यक्षमा र उपाध्यक्षमा नन्दकुमारी खड्का, नेकपा एमालेबाट अध्यक्षमा तुनप्रसाद शर्मा पोख्रेल, उपाध्यक्षमा देवी थापा, माओवादी केन्द्रबाट अध्यक्षमा दिपक चर्तिमगर र उपाध्यक्षमा दुर्गादेवी शर्मा रहेका छन्।
अर्जुनचौपारी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा दिर्घनारायण अर्याल र उपाध्यक्षमा माया केसी, नेकपा एमालेबाट अध्यक्षमा मोहन अधिकारी र उपाध्यक्षमा चिनमाया गुरुङ्, माओवादी केन्द्रबाट अध्यक्षमा शैलेन्द्र घिमिरे र उपाध्यक्षमा सरिता च्वाईले मनोनयन दर्ता गराएको बताइएको छ।
हरिनास गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा देवकुमार मानन्धर र उपाध्यक्षमा लिला थापा, नेकपा एमालेबाट अध्यक्षमा खेमनारायण मानन्धर उपाध्यक्षमा धनमाया पराजुली, माओवादी केन्द्रबाट अध्यक्षमा नन्दकुमार थापा र उपाध्यक्षमा मिठू लम्सालले मनोनयन गरेका छन्।
कालीगण्डकी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा शेरबहादुर राना र उपाध्यक्षमा तुलसा पाण्डे, नेकपा एमालेबाट अध्यक्षमा खेमबहादुर थापा र उपाध्यक्षमा संगीता कोईराला, माओवादी केन्द्रबाट ईन्द्रबहादुर थापा र उपाध्यक्षमा विष्णुमाया रानाको उमेद्वारी परेको छ।
स्थानीय निकायको निर्वाचनमा स्याङ्जा जिल्लामा मतदाताको संख्या एकलाख ९१ हजार २ सय ५३ रहेको छ । आसन्न निर्वाचनमा स्याङ्जा जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या १२ हजार एक सय ६४ ले धेरै रहेको छ । १९ दल निर्वाचनमा सहभागी हुने बताईएको छ ।